चौतारीले महासंघलाई भन्यो–‘निलम्बन सिफारिस अबिलम्ब फिर्ता लेऊ’

  प्रकाशित मिति
२४ श्रावण २०७९, मंगलवार २१:०४


विर्तामोड, २४ साउन । प्रेस चौतारी झापाले पत्रकार भूमिराज पराजुलीको सदस्यता निलम्बनको सिफारिस अबिलम्ब फिर्ता लिन नेपाल पत्रकार महासंघ झापासँग माग गरेको छ ।

आज चौतारीको टोली माग पत्र लिएर महासंघको कार्यालय गएको थियो । चौतारीका झापा अध्यक्ष मनकुमार गदालले महासंघका उपाध्यक्ष केशव भट्टराईलाई माग पत्र बुझाएका थिए ।

वैदेशिक रोजगारीको लेनदेनका विषयमा परिवन्दमा परेका हिमशिखर टेलिभिजनका समाचार संयोजक एवम् चौतारीका पश्चिम क्षेत्रीय समितिका अध्यक्ष पराजुलीले पीडितहरुसँग साउन १८ गते मिलापत्र गरेर सफाई पाइसकेका थिए ।

तर, महासंघले साउन २२ गते बैठक बसेर पराजुलीको सदस्यता निलम्बनका लागि महासंघको प्रदेश समितिमा सिफारिस पठाउने निर्णय गरेपछि चौतारी क्रुद्ध भएको छ ।

महासंघले अबिलम्ब सिफारिस फिर्ता गरी विज्ञप्तिमार्फत सार्वजनिक गर्नुपर्ने एक सूत्रीय माग गरिएको चौतारी झापाका अध्यक्ष गदालले बताए ।

माग वेवास्ता गरिए महासंघको अन्याय र पूर्वाग्रही निर्णयविरुद्ध कडा आन्दोलन गर्ने चौतारीले चेतावनी दिएको छ ।

माग पत्र बुझ्दै महासंघका उपाध्यक्ष केशव भट्टराईले पत्रकार महासंघ सबैको साझा संस्था भएको हुँदा चौतारीका माग बारेमा बैठक बसेर उचित निर्णय लिइने प्रवितबद्धता जनाएका थिए ।

सो अवसरमा महासंघकी उपाध्यक्ष सुशिला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाई, प्रेस चौतारीको प्रदेश नं. १ अध्यक्ष अबिजाल बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारले माग पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: