‘चौतारी आए निर्वाचन गर्नु पर्दैन’

  प्रकाशित मिति
६ फाल्गुन २०७३, शुक्रबार १८:२३


tm
नेपाल पत्रकार महासङ्घ झापा शाखाको आसन्न चुनावमा व्यावसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार बन्नुभएको छ तारामणि सापकोटा । उहाँ सजिलो खबर अनलाइनका सम्पादक हुनुहुन्छ । चुनाव केन्द्रित भएर उहाँसँग सहसम्पादक देबु बानियाँले गरेको कुराकानी ।

चुनावको तयारी कस्तो हुँदैछ ?
निर्वाचन होइन, हामी सर्वसम्मतको प्रयासमा थियौँ । तर, हामी सफल हुन सकेनौँ । प्रेस चौतारी बाहेक दसवटा सङ्गठन हामी एक ठाउँमा छौँ । प्रेस चौतारी हामीसँग आए सर्वसम्मत हुन्छ, निर्वाचन गर्नुपर्ने थिएन ।

आफ्नो जीतमा कतिको विश्वस्त हुनुहुन्छ ?
गणितीय हिसावले हामी विजयी बनिसक्यौँ । दसवटा सङ्गठन र स्वतन्त्र समूहको सङ्ख्या जोड्दा हामीसँग सुविधाजनक सङ्ख्या छ । अर्कातर्फ हाम्रो संयुक्त समावेशी प्यानल तिन वर्षअघि सानो थियो । र पनि हामीले विजयी हाँसिल ग¥यौँ । अहिले हाम्रो समूहमा सङ्ख्या ठूलो भएकाले पूरै प्यानल विजयी बन्नेमा विश्वस्त छौँ ।

जित्ने आधारहरू के–के छन् ?
पत्रकारको क्षमतावृद्धिका लागि महासङ्घको वर्तमान कार्यसमितिले सञ्चालन गरेको तालिम, नौ लाखको पत्रकार सहारा उपचार कोषको स्थापनालगायतका उल्लेखनीय कार्य हामीले ग¥यौँ । महासङ्घले सञ्चालन गरेको अधुरा योजना पूरा गर्न हाम्रो नेतृत्वलाई विजयी बनाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । मतदाता पत्रकार साथीहरुले हाम्रो कामको उचित मूल्याङ्कन निर्वाचित हुने मुख्य आधार हो । व्यावसायिक तथा स्थापित नेतृत्व हामीसँग छ । वर्तमान कार्यसमितिको टिमले नै संयुक्त प्यानको नेतृत्व गरेकाले विजयी हुने अर्को आधार हो । अर्कातर्फ पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, पत्रकार सहारा उपचार कोषलाई क्रमशः पचास लाख पु¥याउने हाम्रो प्रतिवद्धता जित्ने आधार हुन् ।

तपार्इंले आफ्नो प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ ?
गणितीय हिसावले परिणाम हाम्रो पक्षमा आइसकेको छ । तर, त्यसको वैधानिकताका लागि निर्वाचन आवश्यक परेको हो । गोपालजीप्रति मेरो भन्नु केही छैन । उहाँ एक सङ्गठनको उम्मेद्वार हुनुहुन्छ । म संयुक्त प्यानलको उम्मेद्वार छु । निर्वाचनलाई मर्यादित र स्वच्छ बनाउने कुरामा हाम्रो सम्वाद भइरहेको छ । हामी मर्यादित र स्वच्छ प्रतिस्पर्धाको पक्षमा छौँ ।

पत्रकार महासङ्घको अध्यक्षमा निर्वाचित भएपछि के छन् तपाईका योजनाहरू ?
वर्तमान कार्यसमितिले सञ्चालन गरेको तालिमलाई अझै व्यवस्थित र वैज्ञानिक ढङ्गले सञ्चालन गर्नेछौँ । नौ लाखको पत्रकार सहारा उपचार कोषलाई ५० लाखसम्म पु¥याउने, १ लाखको मोति पत्रकारिता पुरस्कारको राशीलाई ५ लाख बनाउने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, झापाका सञ्चार संस्थालाई दर्विलो बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछौँ ।
पत्रकार महासङ्घलाई साझा संस्थााको रुपमा विकास गर्नेछौँ । प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा दृढतापूर्वक लाग्ने छौँ । आचारसंहिता लागू गराउन प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: