धुलावारी । विरामीले थलिएर सडकको चौतारोमा एक महिनादेखि कष्टकर जीवन बिताउँदै आएका श्रमिकलाई उद्धार गरेर अस्पताल भर्ना गरिरएको छ ।
समर्पण अभियानका अध्यक्ष प्रकाश खड्काको अगुवाईमा धुलावारीका प्रदीप अधिकारी, मिलनराज प्रसाई लगायतले प्रहरीको सहयोगमा ती विरामी श्रमिकलाई शुक्रवार दिउँसो मेची आम्दा हस्पिटलमा उपाचारका लागि पुर्याएका हुन् ।
रौतहटको रौता घर र रत्न तामाङ नाम बताउने ५५ वर्षका ती श्रमिक विरामी अवस्थामा धुलावारीको टिमाई पुलनेरको चौतारोमा अलपत्र थिए । अबिरल बर्षा भइरहँदा समेत उनीसँग ओढ्ने र ओछ्याउने कपडा थिएन ।
‘आदरणीय चन्द्रवीर राईले ती विरामीको बिजोग अवस्था भएको कुरा सुनाएपछि हामी गयौं र उद्धार गरेर अस्पताल लग्यौं’, उद्धारको अगुवाई गरेका खड्काले सुनाए–‘दुई जना प्रहरीले पनि अस्पताल लैजान सहयोग गर्नुभयो ।’
उनका अनुसार आम्दामा डा. पोषणराज त्रिपाठीले स्वास्थ्य परीक्षण गरेका छन् । चिकित्सकको सल्लाहमा विरामी रत्न तामाङलाई उपचारका लागि बेडमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।
रत्न तामाङले घरमा आमा र पत्नी मात्र भएको बताएका छन् भने उनी लामो समयदेखि मेचीनगरको एक प्लाइउड फ्याक्ट्र«ीमा मजदुरी काम गर्थे ।
……………
…………………..