छरितो न्याय

  प्रकाशित मिति
२२ पुष २०७२, बुधबार ०५:३२


ढिलो न्याय दिनु भनेको अन्याय गर्नु बराबर हो भनिन्छ । न्याय सम्पादनलाई छिटो र छरितो बनाउने प्रयास स्वरुप झापा अदालतमा इजलासको सङ्ख्या थपेर दोव्वर बनाइएको छ । पहिले तीन इजलास रहेकोमा सोमवारदेखि इजलास ६ वटा पुर्याइएको छ । इजलाससँगै जिल्लामा न्यायाधीशको सङ्ख्या समेत ६ जना पुगेको छ । मुद्दाको बढ्दो चापका कारण र छरितो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप इजलासको विस्तार गरिएको हो । आधुनिक भवन र प्रविधिको प्रयोगले झापा अदालतको कार्य सम्पादन निकै सहज र व्यवस्थित भएको अनुभूति हुन थालेकै बेला इजलास समेत थपिदा न्यायालयमा सुधारको रफ्तार निकै बढेको भान हुन्छ ।

जनसङ्ख्या र भूगोलका हिसाबले झापामा इजलासको विस्तार अपरिहार्य भइसकेको थियो । मुद्दा बढेको बढ्यै गर्दा थोरै न्यायाधीशलाई काममा बढी नै चाप थियो, अब त्यो केही हलुका भएको हुनु पर्छ । न्याय सम्पादन जति निष्पक्ष, छिटो र पारदर्शी हुन सक्यो, त्यति नै बढी जनविश्वास आर्जन हुन्छ । अझै पनि सोझासीधा नागरिकमा अदालत भनेको जालीझेलीले प्रयोग गर्ने हतियार हो भन्ने बुझाई छ । सर्वसाधारणका लागि न्याय महङ्गो र अप्राप्य हुन्छ भन्ने पनि बुझाई छ । तर अहिलेको न्यायालय त्यस्तो छैन भन्ने सिद्ध गर्न न्याय सम्पादन कार्य सरल, सहज र पारदर्शी हुनै पर्छ ।

झापा जिल्ला अदालतले मुद्दाको पेशीको तिथिमिति लगायतका कतिपय जरुरी सूचना वेबसाइटमा राखिदिने गरेको छ । नावालकसँग वयान लिनु पर्ने अवस्थामा वालमैत्री कक्षको समेत स्थापना गरिसकेको यस अदालतमा निवेदन दर्ता, फिरादपत्र दर्ता आदि काम एक घण्टाभित्रै सक्ने व्यवस्था मिलाइनु स्वागतयोग्य विषय हो । अदालतका विषयमा जनस्तरमा खासै टिकाटिप्प्णी नहुने हुँदा यसप्रति आम जनताको धारणा कस्तो छ भन्ने थाहा हुन गाह्रो छ । इलाममा हालै न्यायाधीशहरूले गाउँमा गएर जनतासँग न्याय सम्पादनका विषयमा अन्तव्रिर्mया गरेका थिए । यस्ता कार्यव्रmमले न्यायालय र जनताविचको सम्बन्ध झनै सुमधुर तुल्याउँछ । झापामा समेत त्यस्ता कार्यव्रmम चलाउन सके सकारात्मक प्रभाव बढेर जाने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: