छाडा पशु नियन्त्रण गर्न अन्तरक्रिया

  प्रकाशित मिति
२८ असार २०७३, मंगलवार १८:४९


गौरादह । म्याद सकिएका खाद्य सामग्री, भुसिया कुकुर र छाडा छोडिएका पशुहरुका विषयलाई लिएर खजुरगाँछी गाविसमा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रम झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय गौरीगञ्ज खजुरगाछीका अध्यक्ष मखना महतो गैदारको सभापतित्वमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख यज्ञप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा व्यापारी, उद्योगी, बजार व्यवस्थापन समिति, संघ संस्थाका प्रतिनिधिहरुका साथै राजनीतिक दलहरुका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

वैजेश्वरनाथ शिवालय मन्दिरमा सम्पन्न कार्यक्रममा गाउँ तथा बजारमा भुसिया कुकुरको विगविगी बढेर बाख्रा, गाई वस्तुका साथै मानिसहरुलाई पनि टोक्न थालेपछि नियन्त्रण गर्न आवश्यक भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयनारायण दासले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गौरीगञ्जका इलाका प्रशासन प्रमुख यज्ञ प्रसाद आचार्यले पशु अधिकारका कारण कुकुर मार्न नमिल्ने भएकाले संख्या घटाउन र यिनीहरुबाट हुने क्षतिलाई न्यूनिकरण गर्न पशु स्वास्थ्य चिकित्सकलाई बोलाएर बन्ध्याकरण गर्नु पर्ने र यसका लागि सम्बन्धि निकायमा जानकारी गराउने प्रतिबद्घता समेत जनाएका थिए ।

कार्यक्रममा छाडा पशुहरु नियन्त्रण गर्न गाविसले पशु धनी पहिचान गरि पत्राचार गर्ने र म्याद सकिएका खाद्य सामग्री विक्री वितरण नगर्न पसलहरुलाई सुझाव दिने र अनुगमन समेत गर्ने निर्णय भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: