काठमाडौँ । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले छातीमा गाह्रो भइरहेको बताएका छन् ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमवार विहानको भेटमा प्रधानमन्त्री ओलीले स्वास्थ्य समस्या सुनाउँदै चिकित्सकको सुझाव अनुसार आफु अस्पताल भर्ना भएको बताए ।
उनले स्वास्थ्यमा अहिले क्रमिक सुधार आएकाले केही दिनमा सञ्चो हुने समेत बताएका छन् ।
स्वास्थ्य अवस्था विग्रिएपछि विहानै त्रिवि शिक्षण अस्पतालको सीसीयुमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका नेता माधवकुमार नेपाल अस्प्ताल पुगेका थिए ।
‘मैले प्रधानमन्त्रीज्यूलाई स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधे, उहाँले श्वासप्रस्वासमा समस्या आयो, छातीमा अलि गाह्रो भो, अहिले त्यसैको उपचार भइरहेको छ भन्नु भयो’–स्वास्थ्य अवस्था बुझेपछि नेता नेपालले ओलीको भनाई पत्रकारहरुलाई सुनाउँदै भने ।
नेपालले भने–‘त्यो भन्दा धेरै सोधिन, यस्तो बेला बिरामीलाई धेरै सोध्नुहुन्न भन्ने मलाई थाहा छ ।’