छात्रबृत्ति बितरण

  प्रकाशित मिति
२ आश्विन २०७३, आईतवार १५:३७


dsc01739
बिर्तामोड, २ असोज । नेपाल आदिवासी जनजाति नेत्रहिन संघ जिल्ला कार्यसमिति झापाले आप्mनो छैटौ स्थापना दिवसको अवसर पारी छात्रबृत्ति बितरण गरेको छ ।

बिर्तामोड स्थित भेटघाट चौतारीमा आइतबार आयोजित कार्यक्रममा यस बर्ष दकम–१ का दृष्टिबिहीन बिद्यार्थी अबिरल लिम्बुलाई छात्रबृत्ति बितरण गरिएको हो । लिम्बु उर्लाबारी बहुमुखी क्यामपसमा स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत छन् ।

२०६७ असोज २ गते स्थापना भएको संघले हालसम्म आप्mनो अक्षयकोषमा ७८ हजार ८ सय ६२ रुपयाँ संकलन गरेको छ । सोही रकमको ब्याजबाट आएको रकमले छात्रबृत्ति बितरण गरिएको हो ।

नेपाल आदिबासी जनजाति नेत्रहिन संघ जिल्ला कार्यसमिती अध्यक्ष भोजकुमार तामाङको सभातित्व तथा संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रिय सचिब टेकबहादुर खजुमको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिती खजुमले नेत्रहिनहरुले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलताको प्रसंसा गरेका थिए । उनले दृष्टिबिहीनहरुलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआए पनि देशको नागरिक हौं भन्ने पुष्टि शैक्षिकस्तरको बिकासले सम्भव रहेको बताए ।

संघमा जिल्ला भरीका आदिवासी जनजाति बर्गका ५० बढी सदस्य रहेका छन् । सो अक्षयकोषमा नेत्रहीनको शैक्षिक बिकासमा टेवा पुर्याउने उद्धेश्यले समाजसेबी इन्द्र निरौलाले नगद १ हजार रुपयाँ सहयोग गरेका छन् ।

सो कार्यक्रममा कोचिला ग्राभुर फन्ट झापाका अध्यक्ष खगेन राजबंशी, समाजसेबी इन्द्र निरौला, राजबंशी बिकास समिति जिल्ला अध्यक्ष पुकारचन्द्र राजबंशी, आदिवासी जनजाति महासंघ नगर समिति भद्रपुरका अध्यक्ष सन्तोषकुमार राजबंशी, आदिबासी जनजाति महासंघ जिल्ला समितिका निबर्तमान सचिब श्रीकृष्ण थेबे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संघका उपाध्यक्ष नरेन्द्र मेनाङबोले स्वागत गरेको कार्यक्रमको संचालन संघका सचिब दिलकुमार राजबंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: