छात्रावृति वितरण

  प्रकाशित मिति
२३ श्रावण २०७४, सोमबार १२:०१


20170807_102812
मेचीनगर । बालकल्याण माविमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई बैदेशिक रोजगार छात्रावृत्ति वितरण गरिएको छ ।

बैदेशिक रोजगारको शिलशिलामा निधन भएका अभिभावकका छोराछोरीलाई वितरण गरिने उक्त छात्रावृति विदार्थीहरु मिक्सेन लावती, तुसार लावती, जया प्रधान, निर्जला प्रधान र बुद्धमाया सुब्बालाई प्रदान गरिएको हो ।

आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई जनही ८ हजार र माध्यमिक तहमा अध्यनरतलाई जनही १२ हजारका दरले वितरण गरिएको थियो । काकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले जम्मा ४८ हजार रुपैया छात्रावृति वितरण गरेका थिए । मिक्सेन र बुद्धमायाले जनही १२ हजारका दरले प्राप्त गरेका छन् भने, जया, निर्जला र तुसार लावतीले जनही ८ हजार रुपैया छात्रावृति पाएका छन् ।

कामको शिलशिलामा विदेशमा निधन भएका परिवारका छोराछोरी पढाइ खर्च बापत पाउने उक्त रकम अघिल्लो वर्षदेखि वितरण गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: