छानविन समितिको दावी– ‘वीएन्डसीको उपचार गलत थिएन’

  प्रकाशित मिति
२८ फाल्गुन २०७२, शुक्रबार ०७:२९


विर्तामोड, २७ फागुन । वी एन्ड सी हस्पिटलमा एक साता अघि आकस्मिक मृत्युवरण गरेका दुहागढी–६ का २१ बर्षीय सुभाष उप्रेतीको उपचारमा हस्पिटलका डाक्टरहरूले प्रयोग गरेको औषधि गलत नभएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

चारआलीको त्रिदेव बहुमुखी क्याम्पसमा वीवीएसमा अध्ययनरत सुभाष साङ्गीतिक क्षेत्रका प्रतिभाशाली युवा थिए ।

उनलाई पेट दुख्ने र वाकवाकी लाग्ने विरामले च्यापेपछि उपचारका लागि वी एन्ड सी हस्पिटलमा भर्ना गरिएकोमा उपचारकै व्रmममा हठात मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तको माग बमोजिम घटनाको छानविन गर्न हस्पिटल प्रशासन सहमत भएको थियो ।

झापा उद्योग वाणिज्य सङ्घ विर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा गठित १४ सदस्यीय समितिले घटनाको छानविन पूरा गरी विहीवार होटल आर्किडमा पत्रकार सम्मेलन मार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानविन समितिले सुभाषलाई जन्डिस देखिएको, कलेजोमा समस्या देखिएको, फोक्सो र पेटमा पानी जमेको देखिएको जनाउँदै उनको उपचारका व्रmममा ग्लुकोज, ग्यास्ट्रिकको औषधि, दुखाई कम गर्ने औषधि र केही एन्टीवायोटिक्स दिइएको प्रतिबेदनमा उल्लेख छ ।

सुभाषलाई चिकित्सकले गलत औषधि दिएको वा उपचारमा लापर्वाही गरेको थियो कि भन्ने आशङ्कालाई अस्वीकार गर्दै छानविनले उनको मृत्यु अन्तिम अवस्थामा शरीरमा उत्पन्न आकस्मिक असन्तुलनका कारण भएको ठहर गरेको छ ।

प्रतिवेदनमा भनिएको छ–‘व्यक्ति विशेषमा हुने फरक फरक शारीरिक प्राकृतिक अवस्था, फरक फरक रोग प्रतिरोधात्मक क्षमता आदि हुने गर्छ । निज सुभाष उप्रेतीको अन्तिम अवस्थामा शरीरमा विभिन्न किसिमका इन्जाइमहरूमा आएको आकस्मिक असन्तुलनका कारण विरामीको स्वास्थ्य अवस्था जटिल बनेको र उहाँको उपचार एवम् परीक्षण गर्दागर्दै निश्चित रोगको पहिचान हुन नपाउँदै विरामी सुभाष उप्रेतीको मृत्यु भएको पाइयो ।’

छानविन टोलीले हस्पिटलमा उपचारका व्रmममा प्रयोग भएका औषधिको प्रेस्व्रिmप्सन कागजात र जाँच रिपोर्ट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक प्रा.डा. शैलेश अधिकारीसमक्ष परीक्षणका लागि पेश गरिएको जनाएको छ ।

प्रा.डा. अधिकारीले उपचारका व्रmममा प्रयोग गरिएका औषधि र रिपोर्टको अध्ययन गरेर समितिलाई मौखिक राय दिएका थिए । सोही रायका आधारमा समितिले आफ्नो निष्कर्ष निकालेको जनाएको छ ।

‘निज सुभाष उप्रेतीको उपचार प्रव्रिmयामा अपनाइएका उपचार पद्धतिहरू र प्रयोग गरिएका औषधिहरू ठिक रहेको जानकारी प्रा.डा. शैलेश अधिकारीले दिनुभयो’–प्रतिबेदनमा उल्लेख छ ।

होटल अर्किडमा समितिका अध्यक्ष शिवाकोटीले छानविनको निष्कर्ष पत्रकार सम्मेलनमा पढेर सुनाएका थिए । त्यहाँ समितिका अन्य सदस्यहरू उपस्थित थिए ।

छानविन प्रतिवेदनमा अस्पतालका प्रतिनिधि प्रेम नेम्बाङ, टीकाप्रसाद अधिकारी, मृतकका परिवारको तर्फबाट स्थानीय नरेन्द्रप्रसाद घिमिरे, सन्तोषकुमार मेचे, नरेश महरा, बालकृष्ण रिजाल, रुपेश मेचे, भूपन्द्र न्यौपाने, कन्काई हस्पिटलका अध्यक्ष फडिन्द्र चौलागार्ईं, मृतक परिवारका कमला मैनाली लगायतको हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: