छानिए ‘लिटल प्रिन्स र प्रिन्सेस’

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार ०५:३२


Lttleबुधवारे । बुधवारे जेसीज र ग्ल्यामरस नेपालको आयोजनामा बुधबारेमा हालै भएको ‘लिटल प्रिन्स एन्ड प्रिन्सेस–२०१५’मा प्रितम घिमिरे, छितिज बराल, अपेक्षा भण्डारी र दिप्सना मैनाली विजेता बनेका छन् ।

ज्योति बोर्डिङ स्कुल बुधबारेमा आयोजित ‘ग्रान्ड फिनाले’मा ५४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
जसमा जुनियर ब्वाइजतर्फ जेभियर्स स्कुलका प्रितम घिमिरेले ‘लिटल प्रिन्स’को उपाधि चुमेका छन् भने जुनियर गल्र्सतर्फ एरा एभरग्रीनकी दिप्सना मैनालीले ‘लिटल प्रिन्सेस’को उपाधि जितेकी हुन् ।

यसैगरी, सिनियर ब्वाइजतर्फ कर्णाली आवासीय अङ्ग्रेजी माविका छितिज बरालले ‘लिटल प्रिन्स’को उपाधि चुमेका छन् भने सिनियर गल्र्सतर्फ ह्याप्पील्याण्ड अङ्ग्रेजी विद्यालयकी अपेक्षा भण्डारीले ‘लिटल प्रिन्सेस’को उपाधि जितेकी हुन् ।

प्रतियोगितामा जुनियर व्याइजतर्फ ह्याप्पील्यान्ड स्कुल भोटेटारका रोहन लिम्बू फस्ट रनरअप, कर्णाली स्कुलका प्रिन्स विमली सेकेन्ड रनरअप र जेभियर्सकै निकेश भण्डारी थर्ड रनरअप बनेका छन् ।

जुनियर गल्र्सतर्फ फस्ट रनरअप ज्योति शिक्षा सदनकी सलिष्मा भण्डारी, सेकेन्ड रनरअप धर्ती राई (मुना मदन, बर्ने), थर्ड रनरअप सुभाना बराल (ह्याप्पील्यान्ड, भोटेटार) रहेका थिए ।

सिनियर ब्वाइजतर्फ छितिज बराल (कर्णाली) विजेता, सल्यु मगर (मुनामदन) फस्ट रनरअप, इक्साहाङ लिम्बू (कर्णाली) सेकेन्ड रनरअप, शुभम् प्रधान (मुना मदन) थड रअनरप भएका छन् ।

सिनियर गल्र्सतर्फ अपेक्षा भण्डारी (ह्याप्पील्यान्ड) विजेता, सुजता खाती (कर्णाली) फस्ट रनरअप, लेजिना लिम्बु (मुनामदन) सेकेन्ड रनरअप र रिया तामाङ (मुनामदन) थर्ड रनरअप भएका छन् ।

विजेताहरूलाई २००७ की लायन्स क्लब अफ सिन्धुलीकी प्रेसिडेन्ट तथा ग्ल्यामरस नेपालकी सीईओ कविता ज्वयल श्रेष्ठले ताज पहि¥याइदिएकी थिइन् । कार्यव्रmमको निर्णायक मण्डलीमा मोडल तथा नायिका पवना श्रेष्ठ, सञ्चारकर्मी उमाकान्त खनाल, नेपाल लाइफ इन्सुरेन्सका भीमबहादुर कुँवर, मोडल तथा नायक जीवन ओडारी, नेपाल जेसीजका विनोद बस्नेत लगायत थिए ।

कार्यव्रmमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल रहेको कार्यव्रmमको कोरियोग्राफी लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए ।
कार्यव्रmमका बारेमा ग्ल्यामरस नेपालका संस्थापक अध्यक्ष आशिम ज्वयल श्रेष्ठले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: