छाप्रोमा आगलागी हुँदा भाग्न नसकेर भूटानी शरणार्थीको मृत्यु

  प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार ०७:३३


दमक, २८ पुस । दमकस्थित भूटानी शरणार्थी शिविरमा गए राति भएको आगलागीमा ६० वर्षीय देशमान राईको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाका अनुसार टाटीले बारेको छाप्रोभित्र सुतिरहेको अवस्थामा भएको आगलागीमा परी राईको मृत्यु भएको थियो । मृतक प्यारालाइसिसको बिरामी थिए । आगो दन्किदा उनी विरामीका कारण भाग्न सकेनन् ।

आगलागी साँझ साढे ७ बजे सुरु भएको र स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोग डेढ घण्टापछि आगलागी नियन्त्रण गरिएको थियो ।

घटना दमक नगरपालिका वडा नं. ३ स्थित भूटानी शरणार्थी शिविरको सेक्टर नं. डी ४ मा भएको थियो ।

आगलागीको कारण थाहा हुन नसकेको प्रहरीको भनाई छ । आगलागीमा ८ लाख रुपैयाँको धनमाल समेत जलेर नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: