छिनेको खुट्टो जोडियो

  प्रकाशित मिति
७ श्रावण २०७४, शनिबार १७:५८


dr 1विर्तामोड । बीएन्डसी हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ ।

बीएन्डसी हस्पिटलका सिनियर अर्थोपेडिक डा. निराजन पराजुलीले सुरुङ्गाका एक व्यक्तिको दुर्घटनामा परी छिनेको दाहिने खुट्टो सकुशल जोडेका छन् ।
हड्डी, नसा र छाला समेत छिनेको मानवीय अङ्गलाई शल्यक्रियाबाट जोडेर पुरानै अवस्थामा फर्काउने यस्तो उपचार नेपालमा राजधानीबाहिर पहिलो पटक सम्भव भएको हो ।

चिकित्सा विज्ञानमा दुर्लभ मानिने यस्तो शल्यक्रियामा छिनेको हड्डी, छाला र नसा सबै जोडिन्छ र खाल्डो परेको भागमा शरीरको अन्य भागको मासु झिकेर प्रत्यारोपण गरिन्छ । यसरी अन्यत्रको मासु प्रत्यारोपण गर्ने कार्यलाई ‘फ्रि फ्लाप्’ भनिन्छ ।

कनकाई–३ सुरुङ्गाका ५३ वर्षीय जीवन बिष्टको छिनेको खुट्टा जोडिएको हो । उनलाई गत असार १२ गते सुरुङ्गामा बाइकमा यात्रा गरिरहँदा चारपाङ्ग्रे गाडीले किचेको थियो । सो दुर्घटनामा उनको दाहिने खुट्टो गाडीको चक्काले किचिएर पडाक्कै भाँचिएको थियो ।

dr 2तत्कालै वीएन्डसी हस्पिटलमा पुर्याइएका उनलाई डा. निराजन पराजुलीले उपचार सुरु गरेका थिए । ‘उहाँलाई रगतपच्छे अवस्थामा हस्पिटलमा ल्याइएपछि मैले हेरेँ–रगतका नसा चुडिएका थिए, हड्डी भाँचिएको थियो, मैले तत्कालै अपरेसन सुरु गरेँ’–डा. पराजुली सुरुको अवस्था यसरी बताउँछन् ।

अपरेसनमा डा. निराजनलाई साथ दिएका थिए एनेस्थेसिया टिमका प्रमुख डा. राजु श्रेष्ठले । अपरेसनमा अरु डाक्टरहरुको पनि सहभागिता थियो । लगातार घण्टौँसम्म र दश पटक उनको अपरेसन गरिएको छ ।

हाल बिस्टको जीवन त जोगिएको छ नै, उनको खुट्टा समेत पुरानै अवस्थामा फर्किने क्रममा रहेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
यस्तो अपरेसन नेपालभरिमा काठमाडौँ बाहिर बीएन्डसी बाहेका अन्यत्र हालसम्म नभएको डा. पराजुली बताउँछन् ।

काठमाडौँको प्लास्टिक सर्जरी हस्पिटल र टिचिङ हस्पिटलमा भने यस्तो अपरेसन हुने गरेको छ । डा. पराजुलीले यस्तो अवस्थाको छिनेको अङ्ग जोड्न सफलता पाएको यो तेस्रो पटक हो ।

यस अघि उनले वीएन्डसी हस्पिटलमै छिनको हात जोडेका थिए भने धुलीखेल हस्पिटलमा कार्यरत रहँदा अर्को यस्तै अपरेसन गरेको बताए ।

dr 3सिनिएर एनेस्थेसिया डा. राजु श्रेष्ठले आफ्नो १० वर्षे चिकित्सक जीवनमा पहिलोपल्ट यस्तो जटिल शल्यक्रियामा सहभागी बन्न पाएको बताएका छन् ।

दुबै डाक्टरहले दुर्लभ र चमत्कारिक अपरेसन सफलतापूर्वक हुनुमा चिकित्सकको दक्षतासँगै बीएन्डसी हस्पिटलमा उपलब्ध विश्वस्तरीय अत्याधुनिक उपकरणको समेत भूमिका रहेको बताएका छन् ।

‘बीएन्डसीमा संसारकै ठूला र नामी हस्पिटलमा प्रयोग हुने जस्तै उपचारमा प्रयोग हुने मेसिनहरु छन्’, डा. पराजुली भन्छन्–‘यसकारण डाक्टरमा पनि यस्तो दुर्लभ मानिएको उपचार सम्भव बनाउने हिम्मत र वातावरण बन्छ ।’

शुक्रवार वीएन्डसीमै आयोजित एक पत्रकार सम्मेलनमा उपचारमा संलग्न डाक्टरहरुले पत्रकारहरुलाई उपचारको बेलिबिस्तार बताएका छन् ।

सो अवसरमा उपस्थित वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उदाहरणीय उपचारका लागि चिकित्सक टोलीलाई धन्यबाद दिएका थिए ।

वीएन्डसी हस्पिटिल विश्वस्तरीय उपचार सेवा पुर्याउन स्थापना भएको जनाउँदै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले अब जस्तोसकै उपचारका लागि पनि भारत र काठमाडौँ धाउनु पर्ने बाध्यताबाट मेची अञ्चलबासीले उन्मुक्ति पाउने दिन आइसकेको बताए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: