छिनेको हात जोडियो

  प्रकाशित मिति
२७ कार्तिक २०७५, मंगलवार ११:१४


बिर्तामोड । फ्याक्टीमा काम गर्दा भएको दुृर्घटनामा छिनेको हात वीएन्डसी हस्पिटलमा सफलतापूर्वक जोडिएको छ ।

बीएन्डसी हस्पिटलले सोमवार पत्रकार भेटघाटमा उक्त उपचार बारे जानकारी दिएको हो ।

इटहरीको आकाश फ्ड्स प्रालिमा काम गर्दै आएका सोही ठाउँ निवासी प्रविन मण्डलको गत असोज २२ गते मेसिन सफा गर्ने क्रममा हात छिनेको थियो ।

सुरुमा उपचारका लागि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर त्यहाँका डाक्टरहरुले उपचार सम्भव नहुने बताएपछि मण्डललाई गम्भीर हालतमा वीएन्डसी हस्पिटल ल्याइएको थियो ।

अस्पतालमा आउँदा मण्डलको हातको हड्डी र नशा छिनेको थोरै र छालाले मात्र हात अडिएको अवस्थामा रहेको वीएन्डसीका नसा तथा हाड जोर्नी विशेषज्ञ डा. निराजन पराजुलीले बताए ।

उनका अनुसार विरामीलाई १ घण्टा ढिलो ल्याइएको भए हात काटेर फाल्नु पर्ने हुन्थ्यो । तर अस्पतालमा उच्च स्तरीय प्रविधि भएका कारण छिनेको हात आफुले शल्यक्रिया गरी जोड्न सफल भएको डा. पराजुलीले बताए ।

मण्डलको उपचार डा. निराजन पराजुली र डा. इसात खानको टोलीले गरेको हस्प्टिलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिएका छन् ।

३५ वर्षीय मण्डल सो फ्याक्ट्रीमा मजदुरका रुपमा कार्यरत भएको बताइएको छ ।

आफ्नो हात जोडिदिने डाक्टर आफ्ना लागि भगवान नै भएको प्रविन मण्डलले पत्रकारहरुसँगको कुराकानीमा बताए ।

‘मेरो औलाहरु अलि अलि चल्न थालिसकेको छ’, उनले भने–‘हात नै काट्नु पर्ला कि भन्ने ठूलो डर लागेको थियो ।’
आफ्नो छोराको गुमेको हात फकाईदिएकोमा बुबा गङ्गा मण्डलले वीएन्डसी अस्पताललाई धन्यवाद दिएका छन् ।

अस्पतालमा हालसम्ममा २० जनाको छिनेको हात जोडिएको जनाउँदै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नेपालीहरुलाई विश्वस्तरीय उपचार सेवा प्रदान गर्ने आफ्नो प्रयास जारी रहेको बताएका छन् ।
……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: