झापा । विर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल तथा रिसर्ज सेन्टरले एक महिलाको हात र तीनवटा औँला छिनेको १८ घण्टापछि जोड्न सफल भएको छ ।
दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रिया गरी काटिएको हातको औँला जोडिएको हस्पिटलमा पत्रकार भेटघाटमा जानकारी दिइयो ।
“बिरामीको हात जोडिने आशा थिएन, तर पनि प्रयास गर्नुपर्छ भन्ने दृढ अठोटका साथ हामीले प्रयास ग¥यौँ”–अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा निराजन पराजुलीले बताए ।
पाँचथरको ओयाम निवासी ४५ वर्षीया देवीमाया डाँगीको यही वैशाख १४ गते राति देव्रे हातको नाडी र तीन वटा औँला श्रीमानले छिनाइदिएका थिए ।
देवीमायाको स्वास्थ्य अवस्था र काटिएको हात देखाउँदै उपचारमा संलग्न चिकित्सक पराजुलीले भने, “सामान्यतयाः हात छिनेको आठ घण्टासम्ममा जोड्न सकिन्छ, तर १८ घण्टापछि पनि हामीले उहाँको हातलाई जोड्न सफल भयौँ ।”
डाँगीको हात जोडिएपछि उनी र उनका परिवारको खसीको सीमा नै छैन ।