छिमेकको खबर : हिमाञ्चलमा संसारकै लामो सुरुङ आज उद्घाटन हुँदै

  प्रकाशित मिति
१७ आश्विन २०७७, शनिबार ११:४८


झापा, १७ असोज । चीनसँग लद्दाखमा सीमा विवादका कारण गतिरोध बढिरहेका बेला भारतले हिमाञ्चल प्रदेशबाट लद्दाखलाई जोड्ने लेह–मनाली राजमार्गमा रहेको सामरिक महत्वको एउटा सुरुङ उद्घाटन गर्दैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै उक्त सुरुङको उद्घाटन गर्न आज जाँदैछन् ।

लेहबाट मनाली नामक सहरलाई जोड्ने उक्त सुरुङ लगभग ९ किलोमिटर लामो छ । १० मिटर चौडा छ ।

विकिपिडियाले यो सुरुङ राजमार्गमा बनेको संसारकै लामो सुरुङ भएको जनाएको छ ।

३ हजार ६० मिटरको उचाईमा रहेको यो सुरुङको निर्माणको परिकल्पना भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी गरेका थिए ।

१० वर्षमा बनेको यो सुरुङको नाम बाजपेयीकै स्मृतिमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: