छिमेकतिर कोरोना फैलिएपछि बुद्धशान्ति लकडाउन

  प्रकाशित मिति
२९ श्रावण २०७७, बिहीबार २०:५४


बुधवारे, २९ साउन । लकडाउन गर्ने पालिकाको लहरमा बुद्धशान्ति गाउँपालिका थपिएको छ । पालिकाले आज एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

सीमा जोडिएको मेचीनगर र अर्जुनधारा नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि बेलैमा सतर्कता अपनाउँदै बुद्धशान्तिले लकडाउन गरेको जनाएको छ ।

पालिकाको आज बसेको बैठकले संक्रामण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विहीवार राती १२ देखि भदौ ४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलले बताइन् ।

लकडाउनका बेला अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द हुने भूर्तेलले बताइन् ।

छिमेकी मेचीनगर नगरपालिकामा भदौ ३ गतेसम्म लकडाउन गरिएको छ भने अर्को छिमेकी अर्जुनधारामा बुधवार लकडाउन खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: