भद्रपुर, ११ पुस ः झापाको शिवसतासी नगरपालिका ६ बस्ने ३२ बर्षीय शंकर मुर्मुले विहीबार साँझ छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायासी विवादमा झोक्किएर विहीबार बेलुकी सात बजे श्रीमती २८ बर्षीया तारामई हेमरमलाई उनले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
श्रीमानको छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज लगिएको थियो । उपचारकै क्रममा हेमरमको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय झिलझिले र शिवगञ्जबाट खटिएको प्रहरी टोलीले अभियुक्त मुर्मुलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको जनाएको छ ।