छाँया प्रतिवेदन तयारीका लागि छलफल

  प्रकाशित मिति
२५ माघ २०७२, सोमबार १२:३९


 

20160208_114900
विर्तामोड । आदिवासी जनजाति महिलाका सम्बन्धमा सिड समितिको निष्कर्ष सुझावको कार्यान्वयनको स्थिति र नेपालले अब बुझाउने छैठौं आवधिक प्रतिवेदनको छाँया प्रतिवेदन तयारीका लागि सोमबारदेखि दुई दिने क्षेत्रगत सम्बाद कार्यव्रmम सुरु भएको छ ।

बसपार्कस्थित होटल वी एण्ड वाइको सभाहलमा पूर्वाञ्चल क्षेत्रभरिका ३५ बढी महिला सहभागी रहेको कार्यव्रmममा इनोल्याक नेपालकी अध्यक्ष तथा अधिवक्ता शारदा सुब्बाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

उद्घाटन काय्रव्रmमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले महिलाको हितका लागि राज्यले पक्षपात गर्दा पनि फरक नपर्ने बताए । उनले आदिवासी जनजाति महिलाहरुको शिक्षा तथा चेतनास्तर बढाउन राज्य स्वयम्ले लागि पर्नुपर्ने बताएका छन् ।

20160208_112922कार्यव्रmममा स्थानीय विकास अधिकारी ख्यामराज ओझा, जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला शिक्षा कार्यालयकी प्रतिनिधि जानुका गुरागाई, महिला तथा बालबालिका केन्द्रकी प्रतिनिधि टीका खतिवडा, आदिवासी जनजाति महासङ्घ झापाका सहसचिव वीरेन मेचे, महिला नेतृ सङ्गीता रौनियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यव्रmमको उद्देश्यमाथि मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनले प्रकाश पारेकी थिइन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घकी अध्यक्ष शान्ता जिरेलले सञ्चालन गरेको कार्यव्रmमको स्वागत खेमकुमारी मगरले गरेकी थिइन् ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, आदिवासी महिला कानुनी सचेतना समूह (इनोल्याग) र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ, नेपालको सङ्युक्त आयोजनामा कार्यव्रmम सुरु भएको हो ।

दुई दिनसम्म चल्ने सम्बाद कार्यव्रmममा आदिवासी महिलाविरुद्ध भएका भेदभाव र हिंसाका सम्बन्धमा छलफल गरिने कार्यव्रmमकी पूर्वाञ्चल संयोजक गङ्गा मास्केले बताइन् । उनका अनुसार यस अघि सोही कार्यव्रmम पोखरा र चितवनमा भइसकेको संयोजक मास्केको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: