छोराको स्मृतिमा विद्यालमा धारा

  प्रकाशित मिति
२० असार २०७३, सोमबार १७:०८


dhara

दमक । सूर्योदय प्राथमिक विद्यालय इलाम चुलाचुलीका विद्यार्थीको खोलाको पानी खानुपर्ने बाध्यता हटेको छ ।

विद्यालयमा दिवंगत माइला छोरा अंकित अग्रवालको स्मृतिमा इन्द्रसेन अग्रवालले २ हजार क्षमताको पानी ट्यांकीसहित चारवटा धारा जडान गरिदिएपछि खोलाको पानी खानुपर्ने विद्यार्थीको समस्या हटेको हो ।

लामो समयदेखि विद्यार्थीहरुले चान्जु खोलाको पानी पिउँदै आएका थिए । बिद्यार्थीहरु खोलामा पानी पीउन जाँदा जोखिम बढेको र धेरै बालबालिका तिर्खै बस्ने गरेको थाहा पाएपछि आफ्नो छोराको स्मृतिमा बिद्यालयमा पानीको ट्याङ्कीसहित धाराको ब्यवस्था मिलाई दिएको अग्रवालले बताए ।

आइतवार धारासहित पानी ट्याङ्की बिद्यालयलाई हस्तान्तण गरेको प्रधानाध्यापक भोजराज बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: