छोरी जन्मेको खुशीमा महादान

  प्रकाशित मिति
२२ मंसिर २०७२, मंगलवार ०६:४७


mark max

 

विर्तामोड । छोरी जन्मेपछि खुशी भएर परोपकारी काममा ४५ अरब डलर सम्पत्ति लगानी गर्ने घोषणा गरेर फेसबुकका युवा संस्थापक मार्क जुकरवर्ग अहिले चर्चामा छन् ।

‘तिमी चान–जुकरवर्ग परिवारको अर्को पुस्ता बनेर आएसँगै हामीले ‘चान जुकरवर्ग इनिसिएटिभ’ सुरू गरेका छौं’, जुकरवर्गले आफ्नो फेसबुक पेजमा बुधवार भनेका छन्–‘हाम्रो यो प्रयास सुरुमा सिकाई, स्वास्थ्य उपचार, मानिसलाई जोड्ने र मजबुत समाज बनाउनमा केन्द्रित हुनेछ ।’

यसका लागि हामी फेसबुकको ९९ प्रतिशत सेयर लगानी गर्ने उनले घोषणा गरेका छन् । त्यसको बजार मूल्य हाल ४५ अर्ब डलर छ ।  ‘हामीलाई थाहा छ यसै क्षेत्रमा काम गरिरहेका अरूको तुलनामा यो सानो योगदान मात्र हो’, उनको भनाई छ–‘तर अरूसँगै हामी आफूले सकेको गर्न चाहन्छौँ ।’

जुकरबर्ग र पत्नी प्रिसिलाले यसै साता छोरीलाई जन्म दिएका छन् । नवसन्तानको नाम उनीहरू ‘म्याक्स’ राखेका छन् । म्याक्सलाई नियाल्दै गरेको सुन्दर तस्वीर राखेर जुकरवर्गले फेसबुकमा आफ्नो सहयोग घोषणा गरेका हुन् ।

जुकरवर्गले दान घोषणा गरेको रकम नेपाल, साइप्रस र अफगानिस्तान गरी तिन मुलुकको जीडीपीको दुईगुणा रहेको छ । विश्वका १०६ मुलुकको जीडीपी जुकरवर्गले सहयोग गरेको रकमभन्दा न्यून छ ।

जुकरवर्ग संसारकै कम उमेरमा सबैभन्दा बढी दान गर्ने व्यक्ति पनि हुन् । वारेन बफेटले सन् २००६ मा ३१ अरब डलर दान गरेका थिए । उनी ७६ बर्षका छन् । अर्का नामी दाता माइव्रmोसफ्टका मालिक विल गेट्स हाल ६० बर्षका छन् ।
…………..
को हुन् जुकरवर्ग ?
फेसबुक नामक सामाजिक सञ्जालका परिकल्पनाकार ३१ वर्षीय यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन् ।

उनीसँग अहिले नै ५० खर्ब नेपाली रूपैयाँभन्दा बढी सम्पत्ति  छ । फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै गएको छ ।

अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको सङ्ख्या अरब नाघेको छ । विश्वभर एकसाथ १५ करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन् ।

फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले सन् २०१० मै उनलाई वर्ष व्यक्तित्वको सम्मान दिइसकेको छ । म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ ।

यसअघि १९२७ मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२ मा ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो । विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए ।

सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको सङ्ख्या अहिले हजारौँ सय छ । सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन् । साइटलाई विवादरहित एवम् लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन् ।

उनको जन्मको नाम मार्क एलिअट जुकरवर्ग हो । उनी १४ मे १९८४ मा न्यूयोर्कमा जन्मेका हुन् । उनको हालको वासस्थान क्यालिफोर्निया हो ।
…………..
के हो फेसबुक ?
फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् ।

आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँछन् । यसको अतिरिक्त प्रयोगकर्ताको शहर, स्कूल, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन् । आफनो ‘वाल’मा प्रयोगकर्ताले आफनो दिमागमा आएको कुरालाई लेखेर साथीहरू माझ बाड््न समेत सक्छन् । प्रयोगकर्ताहरूले बढिमा ५ हजार जना साथी आफ्नो खातामा जोडन सक्छन् । फेसबुकमा पेज बनाई ब्यापारको प्रबर्धन पनि गर्ने सकिन्छ भने चर्चित ब्यक्तित्वहरूले पेज मार्फत आफ्ना प्रशंसकहरूसँग अन्तरव्रिmया गर्न पनि सक्दछन् ।

फेसबुकमा अहिले च्याट, भिडियो च्याट, सामूहिक च्याट र गीत सुन्ने जस्ता सुबिधाहरू थप गरिएको छ । तर, फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ता कम्तिमा १३ बर्षको उमेर भएको हुनु पर्दछ र, इमेलबाट एकाउन्टलाई सव्रिmय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल हुनु पर्दछ । फेसबुकमा चलाउन मन लागेन भने निस्व्रिmय बनाउन पनि सकिन्छ । खाता निस्व्रिmय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले कमेन्ट र लाईक लेख्न सक्दैनन् तर स्थायीरूपमा भने खाता डिलिट भएको हुँदैन र पछि सव्रिmय बनाइसके पछि सबै सूचनाहरू प्राप्त गर्न सकिन्छ ।
फेसबुकको मुख्य बिवादको कुरा यस्को गोपनियताको रहेको छ । यो वेभसाइटको नामको जरो भने बिश्वबिद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ सत्र सुरु हुने बेला सबैलाई दिइन्थ्यो ।

सन् २००४ मा मार्क जुकरबर्गले हावर्ड बिश्वबिद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने साथीहरू केही कम्प्युटर विज्ञानका विद्यार्थीहरू एडवार्डो साभरिन, डस्टिन मोस कविट्ज र व्रिmस ह्यूजेसको साथ फेसबुकको स्थापना गरेका हुन् । वेबसाइट सुरुमा हावर्ड बिश्वबिद्यालयका बिद्यार्थीहरू माझ मात्र सिमित रहे पनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टैनफोर्ड विश्वविदलयमा पनि फैलाइएको थियो ।

फेसबुक विश्वकै बढि प्रयोग हुने सामाजिक सञ्जालको रूपमा रहेको छ । फेसबुकमा पैगम्बर मोहम्मदको आपत्तिजनक कार्टून तस्बिर बनाउने प्रतियोगितामा इस्लामी धार्मिक भावनामा ठेस पुगेकाले यसलाई पाकिस्तानमा एकताका प्रतिबन्ध लगाइएको थियो । पछि ३१ मे, २०१० मा यस सम्बन्धीको पृष्ठ र ब्लगलाई प्रतिबन्ध लगाइएको छ ।

फेसबुकलाई चीन, भियतनाम, इरान, साउदी अरेविया, बङ्गलादेश, सिरिया, यजेकिस्तानका धेरै क्षेत्रहरूमा सेन्सरसिप लगाइएको छ ।

।। छोरीलाई पत्र ।।
‘हाम्रोभन्दा तिम्रो जीवन राम्रो हुनेछ’
प्यारी म्याक्स
तिम्री आमा र मलाई  भविष्यका लािग तिमीले दिएको आशाबारे वर्णन गर्न अहिलेसम्म शब्द फुरेको छैन । सबै आमाबुवा जस्तै हामी पनि तिमीलाई हामी हुर्केको संसारभन्दा राम्रो संसारमा हुर्काउन चाहन्छौँ ।

समाचारका शीर्षक नराम्रा कुराहरूमा केन्द्रित भएरहे पनि विश्व धेरै तरिकाबाट राम्रो हुँदै गइरहेको छ । स्वास्थ्यमा सुधार भइरहेको छ । गरिबी घटिरहेको छ । ज्ञान बढिरहेको छ । मानिसहरू आपसमा बाँधिएका छन् । हर क्षेत्रमा भइरहेको प्राविधिक प्रगतिले हाम्रोभन्दा तिम्रो जीवन राम्रो हुनेछ । संसारलाई अझ राम्रो बनाउन हामी पनि आफ्नो तर्फबाट सकेको काम गर्न लागेका छौँ । तिम्रो पुस्ताको मानवीय क्षमताको अभिवृद्धि र समानताको प्रवर्धन गर्न हामी केन्द्रीत हुनेछौँ ।

तिमी चान जुकरवर्ग परिवारको अर्को पुस्ता बनेर आएसँगै हामीले ‘चान जुकरवर्ग इनिसिएटिभ’ सुरू गरेका छौँ । हाम्रो यो प्रयास सुरुमा सिकाई, स्वास्थ्य उपचार, मानिसलाई जोड्ने र मजबुत समाज बनाउनमा केन्द्रित हुनेछ ।

यसका लागि हामी फेसबुकको ९९ प्रतिशत सेयर लगानी गर्ने छौं । त्यसको बजार मूल्य हाल ४५ अर्ब डलर छ । हामीलाई थाहा छ यसै क्षेत्रमा काम गरिरहेका अरूको तुलनामा यो सानो योगदान मात्र हो । तर अरूसँगै हामी आफूले सकेको गर्न चाहन्छौं ।

हामी यो सब केवल तिमीलाई माया गर्ने भएकाले गर्न लागेका होइनौ । अर्को पुस्ता र बालबालिकाका लागि यत्ति गर्नु हाम्रो नैतिक दायित्व पनि हो । सबै मानिसको जीवन उस्तै हो । यो समाजको दायित्व हो कि आउने पुस्तालाई जीवनस्तर सुधार्न लगानी गर्नुपर्छ ।

तिम्री आमा र मैले आफ्नोतर्फबाट सकेको गर्ने छौँ । यसका लागि समय पक्कै लाग्छ ।  ५÷१० वर्षमा यसमा केही तात्विक अन्तर नदेखिए पनि लामो समयमा अवश्य फरक देखिने छ । आज रोपेको विउ उम्रेर ठूलो हुनेछ र तिम्रा सन्ततिहरूले देख्नेछन् हामीले  गरेको कल्पना संसार । जहाँ रोग लागेर मानिसहरू दुःखी हुने छैनन् ।

तिमीले हामीलेभन्दा १०० गुणा बढी राम्ररी सिक्ने र अनुभव गर्न पाउने छौँ ? हामीले रोगको निदान गरेमा तिम्रो पुस्ता सुस्वास्थ्य र दीर्घायू हुनेछ ? के हामी संसारलाई यसरी जोड्न सक्छौँ जहाँ तिमी चाहेको आइडिया, मान्छे र अवसर पाउने छौं ? हाम्रो पुस्ताले गरिबी र भोकमरी उन्मूलन गर्न सक्छ ? हामी सबैलाई आधारभूत स्वास्थ्य दिन सक्छौँ ? हामी समावेशी र सहिष्णु समाज बनाउन सक्छौँ ?

यदि हाम्रो पुस्ताले सही लगानी गरेमा यी प्रश्नको उत्तर सकारात्मक हुन सक्छ । र यो तिम्रै जीवनकालमै हुन सक्छ । यसका लागि हामीले २५ देखि १०० वर्षसम्मका लागि लगानी गर्नुपर्छ । मानिसहरूसँग प्रत्यक्ष रूपमा काम गर्नु पर्छ । परिवर्तनका लागि प्रविधि बनाउनु पर्छ । धारणा बनाउन नीतिगत तह र वकालतमा हामी सहभागी बन्नुपर्छ । हरेक क्षेत्रका प्रतिभावान नेतृत्वलाई सहयोग गर्नु पर्छ । र, भोलिका लागि पाठ सिक्न आज हामीले जोखिम मोल्नुपर्छ ।

तिमीसँग अवश्य पनि जिज्ञासा होलान् हामी यो किन गरिरहेका छौँ र कसरी गर्दै छौँ । यसका बारेमा विस्तृत कुराहरू आगमी महिनामा भन्नेछौँ ।

बाबु आमा बनेर जीवनको अर्को अध्यायमा पुगेपछि यो सबै सम्भव बनाउनेको प्रशंसा गर्न चाहन्छौं ।हामी पछाडि बलियो विश्व समुदाय भएकाले हामी यो गर्न सक्नेछौं । फेसबुकका हरेक सदस्यले यसको भाग बनेर भूिमका निर्वाह गरिरहेका छन् ।
म्याक्स, हामी तिमीलाई माया गर्छौं र एक सुन्दर संसार तिमीलाई छोड्नु हामीले आफ्नो दायित्व ठान्यौ । हामी कामना गर्छौं तिम्रो जीवन पनि त्यही माया आशा र आनन्दले भरियोस् जुन तिमीले हामीलाई दियौ ।
–तिम्रो आमा र बुवा

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: