छोरी बचाइदिन आमाको अपिल

  प्रकाशित मिति
२६ फाल्गुन २०७६, सोमबार १६:०१


मेचीनगर । ब्लड क्यान्सर भई हाल मृत्युसँग सङ्घर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारले अपिल गरेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्षा–९ मा अध्ययनरत मेचीनगर–३ पहलेधाप निवासी १४ वर्षीया छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी हुन् ।

१२ बर्ष अघि पति गुमाइसकेकी पुष्पालाई यतिबेला आफ्नो जीवनको एकमात्र सहारा छोरी पनि ब्लड क्यान्सर जस्तो खतरनाक रोगबाट पीडित हुँदा सहनै नसक्ने बज्रपात परेको छ ।

हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत एलिसाको अवस्था चिन्ताजनक रहेको र समयमा नै उपचार नगरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् । भावुक हुँदै आमाले भनिन्, ‘उपचार गर्दागर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु ।’

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको त्यसमा पनि परिवारमा आमा छोरी मात्र रहेको र दुईछाक खाना जेनतेन मजदुरी गरेर टार्ने पुष्पाले पुनर्जीवन दिलाइदिन देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छिन् ।

एलिसाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले आमा पुष्पाको मोवाइल नम्बर ९८४२४३६८७३ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: