छ करोडको लागतमा प्लास्टिक उद्योग

  प्रकाशित मिति
३० चैत्र २०७३, बुधबार १७:२०


High-Quality-Parallel-Co-Rotating-Twin-Screw

बनियानी । बिर्तामोड नगरपालिका–२ मा रु छ करोडको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ ।
दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप, पिभिसी पाइपलगायत उत्पादन सुरु गरेको उद्योगका सञ्चालक प्रकाश सिटौलाले जानकारी दिए ।

उद्योगको आज एक कार्यक्रमबीच झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गरे । एक सयजनालाई रोजगार दिने उद्देश्यका साथ स्थापित सो उद्योगले आगामी दिनमा सेक्सन पाइप, गार्डेन पाइप र प्लास्टिकका सकेट समेत उत्पादन गर्ने लक्ष्य राखेको अर्का सञ्चालक गोपाल मैनालीले बताए

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: