जंगली हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक घाइते

  प्रकाशित मिति
१७ पुष २०७७, शुक्रबार १६:२१



विर्तामोड, १७ पुस । बुद्धशान्ति गाउँपालिका–३ का निलकण्ठ पौडेल जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।

घरमा राखेको अन्न खाएको हात्तीलाई विहीबार राति धपाउन खोज्दा उनलाई सुँढले लछारपछार पारेर घाइते बनाएको हो । ५० बर्षीय पौडेलको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

हात्तीले घाइते बनाएका उनको करङ र तिख्राको जोर्नीमा रहेको गेडी खुस्किएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

दैनिक आउने जंगली हात्तीका कारण स्थानीयबासी त्रसित बनेको हात्ती मानव द्वन्द्व न्यनिकरण समितिका सचिव सीताराम बास्तोलाले बताए । हात्ती गाउँमा पसेर दुःख दिएको थाहा पाए लगत्तै डिभिजन वन कार्यालयको टोली आदर्श नमूना सामुदायिक वनको कार्यालयमा बसे तापनि उनीहरुसँग सवारी नहुँदा समस्या भइरहेको उनले बताए ।

दिनभरि गाउँ नजिकै रहेको सो वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने वित्तिकै गाउँपसेर किसानले घरभित्र थन्क्याएको अन्न समेत खाइदिने हुँदा उनीहरुलाई ज्यान बचाउन समस्या भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: