जंगली हात्ती मृत भेटियो

  प्रकाशित मिति
२१ भाद्र २०७५, बिहीबार १०:१०


मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर–९ स्थित एक किसानको धानखेतमा आज विहान बयस्क जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली हात्ती मरेको स्थानमा पुगिसकेको छ ।
एक महिना अघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को बयस्क हात्ती मरेको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: