जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

  प्रकाशित मिति
२ पुष २०७२, बिहीबार ०८:१७


झापा  । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक व्यक्तिको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मेचीनगर–४ निवासी ६८ वर्षीय डम्बर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति गाउँ छिरेको जङ्गली हात्तीलाई लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको र दाराले घाँटीमा रोपेपछि कुँवरको घटनास्थलमा नै मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

स्थानीय जङ्गलबाट निस्किएको हात्ती धपाउन गाउँले भेला भएको र हात्ती धपाउँदा धपाउँदै कुँवरलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: