जङ्गली हात्तीको आक्रमणबाट रथीको मृत्यु

  प्रकाशित मिति
१९ जेष्ठ २०७४, शुक्रबार ११:०७


झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा विहीबार राति एक जनाको मृत्यु भएको छ ।

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ ।

बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा शुक्रवार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: