जनताका काम छिटोछरितो गर्न मन्त्रीको निर्देशन

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार १३:३८


दमक, ८ पुस । भूमि सुधारमन्त्री रामकुमार सुब्बाले जनताका काममा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

बुधबार झापाको दमकस्थित मालपोत र नापी कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयले सेवाग्राही जनताको असन्तुष्टिलाई समाधान गर्दै काममा नौलोपनको आभास दिनुपर्ने बताए ।

मन्त्री सुब्बाले भने, ‘मालपोत र नापी क्षेत्र सधँै विवादित हँुदै आएको पाइएको छ । यस्तो कार्यमा सुधार गर्नु जरुरी छ । निष्पक्ष र पारदर्शी तवरबाट काम गर्नुस् ।’

सो अवसरमा मालपोत कार्यालय दमकका प्रमुख बच्चुराम कार्कीले कार्य सम्पादनमा देखिएका असहजताबारे मन्त्री सुब्बालाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: