ओलीको नेतृत्वमा मधेस पस्यो एमाले

  प्रकाशित मिति
२२ फाल्गुन २०७३, आईतवार ०९:२४


42काँकरभिट्टा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् ।

शनिवार पार्टीले यहाँबाट सुरु गरेको ‘मेची महाकाली राष्ट्रिय अभियान’को शुभारम्भ गर्दै अध्यक्ष ओलीले समृद्ध नेपालका लागि जनताको आदेश नै अपरिहार्य भएको बताउँदै संविधान र कानून बाहेक अरु कसैको आदेश नमानिने अडान व्यक्त गरे ।

उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षाका लागि संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट एमालेले राष्ट्रियता जागरण ल्याउन अभियान सञ्चालन गरेको uml 2उल्लेख गर्दै अभियानमा कहिँ कसैले अवरोध पुर्याएर प्रतिरोध गरेर अघि बढ्ने चेतावनी दिए ।

उनले एमालेकै दबाबमा स्थानीय निकायको निर्वाचन घोषणा भएको दावी गर्दै निर्वाचन गर्न नचाहने र संविधानको कार्यान्वयनमा भाँजो हाल्ने तत्वलाई तह लगाइने बताए ।

अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने बताए ।

6                                                                                         आइलागे पछि हट्दैनौँ ः पोखरेल
9कार्यक्रममा बोल्दै पार्टीका महासचिव ईश्वर पोखरेलले सार्वभौमसत्ता र राष्ट्रियताका पक्षमा अभियान थलिएको भन्दै यो कुनै जाति र दलको विरोधमा नभएको उल्लेख गरे ।

उनले पनि अध्यक्ष ओली झै अभियानलाई कसैले विथोल्न खोजेमा सिङ्गो एमालेले प्रतिकार गर्ने बताए । उनले भने–‘एमाले कोही माथि जाइ लाग्दैन तर आइ लागे पछि हट्दैन ।’

उनले भुगोल र जातका नाममा देशलाई विखण्डन गर्ने शक्ति अहिले पनि क्रियाशिल रहेको भन्दै मुलुकको रक्षा र स्वतन्त्रताका लागि अभियान सञ्चालन गरिएको बताए ।

8काँकरभिट्टाको भन्सार गेटनेर विशाल मञ्च बनाएर अभियानको उद्घाटन सभा गरिएको थियो । उद्घाटन सभालाई नेता ओली र पोखरेलले मात्र सम्बोधन गरेका थिए ।

उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष बामदेव गौतम, भीम रावल, सुवास नेम्वाङ लगायत दर्जनौ शीर्ष नेता सहभागी थिए । जनसमूहको उर्लिएको भेलले काँकरभिट्टा विहानदेखि मध्यान्हसम्म एमालेमय भएको थियो ।

प्रदेश नं. १ का संयोजक भीम आचार्यको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन एमालेका सांसद् एवम् झापा इञ्चार्ज रविन कोइरालाले 1गरेको थिए भने स्वागत मन्तब्य आचार्यले नै गरेका थिए ।

सो अवसरमा सहिद परिवारलाई सम्मान गरिएको थियो । एमाले प्रवेश गर्नेहरुलाई स्वागत समेत गरिएको थियो । दिउँसो १२ बजेतिर काँकरभिट्टाबाट पार्टीको हसिया हथौडा अङ्कित झण्डा, चुनाव चिन्ह सूर्य र दिवङ्गत नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्वीर सजाइएको गाडीलाई अघि लगाउँदै विशाल र्याली पश्चिमतर्फ अघि बढेको थियो ।

र्यालीमा हजारौँ मोटरसाइकल र कार पछि लागेका थिए भने राजमार्गको चोकचोकमा भेला भएका सयौँले र्यालीलाई ताली बजाएर स्वागत गरेका थिए । विर्तामोड र दमकमा जनसभा गरिएको थियो ।

राजतन्त्र अब फर्किदैन ः खनाल
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चिहानमा गाडी सकेको राजतन्त्र अब नफर्किने बताएका छन् ।

मेची महाकाली राष्ट्रिय अभियानको क्रममा शनिबार बिर्तामोडमा भएको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले भने–‘अझै कतिपय शक्ति राजतन्त्र व्यूँताउने कोसिस गर्दैछन् । तर, यो व्यर्थ छ ।’

नेता खनालले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाए । ‘सरकारले निर्वाचन गर्न चाहिरहेको छैन’, खनालले भने–‘निर्वाचनको मिति घोषणा गरे पनि सरकार खुट्टा कमाइरहेको छ ।’

10संशोधन भए च्यातिने छ ः नेम्वाङ
अभियान एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा पुगेपछि आयोजित कार्यक्रमलाई स्थायी समिति सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै नेम्वाङले नयाँ संविधान तराई पहाड र हिमालका जनताले मिलेर बनाएको वताउँदै जनताप्रति कृतज्ञता ज्ञापन गर्न पनि एमालेले मेचीकाली अभियान आयोजना गरेको वताए ।

‘संविधान जारी भएपछि नेपाली जनताको चाहना पूरा भयो, मित्रहरुको चाहना 5पूरा भएन’, नेम्वाङले भने,–‘संविधान एमालेको पहलमा जारी भएको हो कसैको इसारामा संशोधन गरिए जनताले च्यातेर फाल्नेछन् ।’

यसअघि काकरभिट्टादेखि दमकसम्मै राजमार्गको दायाँबायाँ विशाल जनसमुदायले अभियानको स्वागत गरेको थियो ।

दमकमा आयोजित कार्यक्रममा स्थानीय लिम्बु, धिमाल, सतार, झाँगड लगायत विभिन्न भेषभुसाका सांस्कृतिक झाँकी सहित नगर पालिकाका विभिन्न क्षेत्रबाट आएको जुलुस दमक–१३ स्थित मुख्य चोकमा पुगी आमसभामा परिणत भएको थियो ।

अभियान शनिबार दमकमै विश्राम गरी आइतबार बिहान ६ किलोमिटर पश्चिम मोरङको उर्लावारी जाने छ । आइतबारको पहिलो आमसभा उर्लावारीमा हुने छ ।

शनिवार सुखानीमा ४४ वर्ष अघि गोली हानी हत्या गरिएका पाँच सहिदको स्मृति दिवस परेकोले एमाले नेताहरुले झापास्थित विभिन्न स्थानमा पुगी सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

अधयक्ष ओलीले शनिअर्जुनस्थित सहिद पार्क पुगी पाँच सहिदको शालिकमा श्रद्धाञ्जलि अर्पण गरे भने महासचिव ईश्वर पोखरेलले ज्यामिरगढी पुगेर वीरेन राजबंशीको शालिकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । गरामनीमा उपाध्यक्ष बामदेव गौतम गएका थिए ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: