जनताले मागेको सूचना दिनुपर्छ ः कृष्णहरि बाँस्कोटा

  प्रकाशित मिति
२५ जेष्ठ २०७६, शनिबार ०८:१०



भद्रपुर । राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटाले सूचना सुशासन र विकासको आधार भएको बताउँदै जनताले मागेका सार्वजनिक महत्वको सूचना विना हिच्किचावट नागरिकलाई उपलब्ध गराउन सरकारी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

शुक्रवार झापाको भद्रपुरमा राष्ट्रिय सूचना आयोगको आयोजनामा ‘सूचनाको हक सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले हरेक नगरपालिका र गाउँपालिकाहरुले समेत आफूले गरेका कामको कार्यालयमा डिस्प्ले नै राखेर सूचना प्रवाह गर्नुपर्ने बताए ।

उनले सरकारका निकायका काम कारवाही खुल्ला र पारदर्शी हुनुपर्ने बताउँदै नागरिकप्रति जवाफदेही र जिम्मेवार हुन कार्यालयमा डिस्प्ले बोर्डको माध्यम सजिलो र प्रभावकारी हुने बताए ।
‘ढोकाको ताल्चा खोलेझै सेवाग्राहीको मन जित्नुपर्छ’, प्रमुख बाँस्कोटाले कर्मचारीहरुलाई निर्देशन दिँदै भने, ‘म सेवक हुँ, यसर्थ सेवाग्राही सेवाप्रति उत्सुक रहन्छन् भन्ने कर्मचारी र जनप्रतिनिधिले बुझेर सेवा प्रवाह गर्न आतुर हुनुपर्छ ।’

कार्यक्रममा जिल्लाभरका कार्यालय प्रमुख, सूचना अधिकारी, स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगका आयुक्त किरणकुमार पोखरेलले ‘सूचनाको हक’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: