जनता उत्रिएपछि ‘सैन्य कु’ असफल

  प्रकाशित मिति
१ श्रावण २०७३, शनिबार २०:४३


Turkey-coup-3झापा । हजारौँ जनता सडकमा उत्रिएपछि टर्कीमा शुक्रवार राति गरिएको सैन्य कूको प्रयास असफल भएको छ ।

सत्ता कब्जाको प्रयास गर्ने १ सय ४ जना मारिएका छन् भने उच्च सैनिक अफिसरसहित २ हजार ८ सय बढी सैनिक पक्राउ परेका छन् ।

टर्कीका कार्यबाहक सेना प्रमुखका अनुसार सैन्य बलको एक समूहले गरेको सत्ता कब्जाको प्रयास असफल भएको छ ।

प्रधानमन्त्री बाइनलाई इलदिरिमका अनुसार अहिलेसम्म उच्च सैनिक अधिकारीसहित २ हजार ८ सय ३८ सैनिक पक्राउ परेका छन् ।
राष्ट्रपति रेचप तैयब एर्दोआन छुट्टी मनाउन गएको बेला सैन्य कूको प्रयास भएको थियो ।

सेनाको एक समूहले राष्ट्रिय टेलिभिजनमार्फत सत्ता कब्जाको घोषणा गर्नुका साथै कफ्र्यू लगाएको थियो । सेनाका बख्तरबन्ध गाडीहरू सडकमा आएको थियो ।

रातभर राजधानी अङ्कारामा गोलाबारी समेत भयो । यस क्रममा सैन्य कूको प्रयासमा संलग्न बाहेक ९० जनाको मृत्यु भएको छ भने १ हजार १ सय ५४ जना घाइते भएका छन् ।

टर्कीका राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरे । छुट्टी मनाउन गएका उनी देश फर्किएका छन् र यसलाई देशद्रोहको संज्ञा दिएका छन् ।

लगत्तै हजारौँ मानिस सडकमा आएपछि सत्ता कब्जाको प्रयास असफल भएको छ । इस्तानबुलको बोसफोरस पुलमा रहेका बिद्रोही सैनिकहरूले आत्मसमर्पण गरेका छन् । सडकमा उत्रिएका राष्ट्रपतिका समर्थकहरूले बिद्रोही सैनिकमाथि बेल्टले होनेको तथा सैन्य ट्याङ्कहरू कब्जामा लिएको फुटेज सरकारी टीभीमा देखाइएको छ ।

बिद्रोही सैनिकहरूको हिरासतमा रहेका सेना प्रमुखलाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । इस्तानबुलको विमानस्थल सेनाको नियन्त्रणमा आएको छ र उडान तथा अवतरण सुरु भएको छ ।

सेनाको हेलिकोप्टरमा ग्रिस पुगेका ८ जनालाई फिर्ता पठाइएको छ, जो शरण माग्न ग्रिस पुगेका थिए । केही उच्च सैनिक अधिकारीलाई हटाइएको छ ।

सैन्य कूको योजनाकार अझै प्रष्ट भएको छैन । तर, टर्कीका राष्ट्रपति र प्रधानमन्त्रीले सैन्य कूको प्रयासको आरोप निर्वासित इस्लाम धर्मगुरु फतहुल्लाह गुलेनमाथि लगाएका छन् । गुजेनको पक्षमा उभिने देश टर्कीको मित्र हुने नसक्ने र उक्त देशसँग युद्ध भए सरह मानिने बताएको बीबीसीले जनाएको छ ।

तर, अमेरिकामा बस्ने गुलेनले भने सैन्य कूको प्रयासमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

(२०७३ साउन १ गते प्रकाशित)
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: