जनता उमाविमा अङ्ग्रेजीमा पठनपाठन

  प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार १३:४५


खुदुनावारी । खुदुनाबारी–६ स्थित जनता उच्च माविले अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ ।
स्थानीय अभिभावकबाट अङ्ग्रेजी माध्यमको पठनपाठनको माग गरेपछि विद्यालय व्यवस्थापन समितिले यसै वर्षदेखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेको हो ।

यस वर्षबाट नर्सरीदेखि कक्षा २ र कक्षा ६ मा भर्ना लिइने विद्यालयका प्राचार्य जयप्रकाश भण्डारीले बताए ।
वर्षौदेखि विद्यालयमा सुधार नभएको भन्दै व्यापक गुनासो आएपछि विद्यालयको आकर्षण बढाउन र व्यवस्थापन सुधार्न आफू लागिपरेको प्राचार्य भण्डारी बताउँछन् ।

प्रत्येक कक्षामा २० जना विद्यार्थीभन्दा बढी नरहने गरी भर्ना लिइँदै आएको उनले बताए । विद्यालयले पठनपाठन माध्यम र गुणस्तर सुधार्नमा ध्यान दिए पछि अभिभावकहरू उत्साहित बन्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारी बताउँछन् ।

खुदुनाबारीका गणेश निमावि, सिंहेश्वरी प्रावि, भिमले निमाविमा समेत अङ्गे्रजी माध्यमबाट पठन पाठन गराइँदै आएको छ । हाल निजी स्कुल छाडेर यस विद्यालयमा विद्यार्थीहरू पढ्नका लागि आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: