जनपक्षीय नेता डिल्लीकुमार मैनालीको निधन

  प्रकाशित मिति
९ कार्तिक २०७७, आईतवार ०८:१६


।। सरोज पौडेल ।।

झापा, ९ कार्तिक । जनपक्षीय बामपन्थी नेता डिल्लीकुमार मैनालीको आज ७३ वर्षको उमेरमा निधन भएको छ ।

मैनालीको बिर्तामोड–८ स्थित आफ्नै घरमा विहान ५ बजे निधन भएको हो ।

उनीमा युरिक एसिड, सुगर र पेटसम्बन्धी समस्या रहेको जनाइएको छ ।

पञ्चायतकालमा गरामनीको जनपक्षीय प्रधानपञ्च पदमा दुईपटक निर्वाचित मैनालीले पञ्चायतको विरोध र लोकतन्त्र स्थापनाका लागि आन्दोलनमा लाग्दा लामो समय जेल जीवन भोगेका थिए ।

उनी २०३७ र २०४४ सालमा गरामनीको प्रधानपञ्च भएका थिए । त्यस्तै जिल्ला विकास समितिको सदस्य पनि भएका थिए ।

२०४६ सालको आन्दोलनमा पक्राउ परेका मैनाली २१ महिना जेल बसेका थिए । पछि बहुदल आएपछि उनलाई सिराहा जेलबाट मुक्त गराइएको थियो ।

कम्युनिस्ट विचारधाराका जनवादी नेता मैनाली पहिला नेकपा एमालेमा थिए । त्यसपछि माले, माओवादी, जनमोर्चा लगायतका पार्टी प्रवेश गरेका थिए ।
मैनाली पछिल्लो समय राजनीतिमा निष्क्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: