आज २३ औँ द्रोणाचार्य स्मृति दिवस

  प्रकाशित मिति
६ असार २०७३, सोमबार १०:०६


dronacharyaविर्तामोड । झापाली जनपक्षीय राजनीतिज्ञ द्रोणाचार्य क्षेत्रीको २३ औँ स्मृति दिवस सोमवार उनको योगदानको स्मरण गरी मनाइँदैछ ।

पञ्चायतकालीन कठोर समयमा पनि कम्युनिस्ट उम्मेदवार बनेर २०४३ सालमा झापाबाट राष्ट्रिय पञ्चायत सदस्यमा शानदार रुपमा विजयी भएका उनी सादा जीवन उच्च विचारका उदाहरणीय नेता थिए ।

नेकपा एमालेबाट २०४८ सालको पहिलो संसदीय निर्वाचनमा झापा क्षेत्र नं. १ बाट बिजयी भएका उनको २०५० साल असार ६ गते पेटको क्यान्सरबाट निधन भएको थियो ।

उनले पञ्चायत विरुद्ध आन्दोलनमा दिएको योगदान कहिल्यै भुल्न सकिन्न । पटकपटक जेल र नेल भोगेका उनले राष्ट्रिय पञ्चायतको बैठकमै राजतन्त्रको खारेजी र बहुदलीय प्रजातन्त्र बहालीको माग गरेका थिए ।

उनको पत्नी बेदकी आचार्य र दुई छोरा कृपाचार्य र देबेन्द्र छन् । पृथ्वीनगरमा झुपडीमा बस्ने द्रोणाचार्य बहुदलीय प्रजातन्त्रपछि भद्रपुर हस्पिटल चोकमा एउटा काठको भुइतले घरमा डेरा बस्न थालेका थिए ।

आजीवन कम्युनिस्ट आन्दोलनमा होमिएका उनी एक कुशल पत्रकार र साहित्यकार पनि थिए ।
उनको २३ औँ स्मृतिमा सोमवार प्रेस चौतारी झापाले विर्तामोडमा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम गर्दैछ ।

उनको स्मृतिमा चौतारीले स्थापना गरेको द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार यसबर्ष दक्षिण एसियामै पहिलो सामुदायिक रेडियो स्थापना गर्ने झापाका रघु मैनालीलाई पुरस्कार प्रदान गरिदैँछ ।

यसैगरी, नेकपा एमाले झापा क्षेत्र नं. ३ ले उनकै स्मृति पारेर भद्रपुरको सामुदायिक विकास केन्द्रको सभाहलमा ‘स्थानीय निकायमा एमालेको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गर्दैछ ।

लोकतन्त्र पोस्ट परिवार स्व. द्रोणाचार्य क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आचार्य परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

‘बुवा पैसा कमाउनतिर लाग्नु भएन’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: