जनप्रतिनिधिलाई मखमलीको सम्मान

  प्रकाशित मिति
१ श्रावण २०७४, आईतवार १८:४०


makhamali

धुलाबारी । मखमली महिला विकास संस्थाले आइतबार स्थानीय तह मेचीनगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

संस्थाकी अध्यक्ष माया गुरुङ र कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सम्मान पत्रले मेयर विमल आचार्य, उपमेयर मिना उप्रेतीलगायत १५ वटाका वडाध्यक्षहरुलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा वडा नं. १ देखि १५ सम्मका अध्यक्षहरु क्रमशः पासाङ तामा ङ, तिलक न्यौपाने, हर्क बस्नेत, नविन बराल, योगेन थापा, ललित तामाङ, चन्दन मेचे, विकेन्द्र धिमाल, गोपाल खड्का, सुवेश पनेरु, सन्तोष मेचे, विकेन्द्र धिमाल, कृष्ण सिग्देल, शङ्कर पोखरेल, राजन भट्टराई रहेका छन् ।

त्यसैगरी, सम्मानित हुनेहरुमा महिला सदस्य कुुसुम चौधरी, धिरावती लावती, सन्जुकुमारी विक रहेका छन् ।

कार्यक्रममा प्रजिअ खत्रीले झापा बसाईको अन्तिम दिन संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै मेचीनगर नगरलाई नमूना नगरको रुपमा विकास गर्न सल्लाह दिएका थिए ।

उनले आफ्नो अर्थमन्त्रालयमा सरुवा भएको जनाकारी दिँदै आवश्यक परेको खण्डमा मेचीनगरसहित सिङ्गो झापा जिल्लालाई जस्तोसुकै सहयोग गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका थिए ।

प्रजिअ खत्रीले मेयर आचार्यलगायत सम्पूर्ण सम्मानित जनप्रतिनिधिहरुलाई सिंह दरबारको अधिकार नगरमा आएको बताउँदै जनताप्रति उत्तरदायी बनेर काम गर्न सुझाएका थिए ।

कार्यक्रममा मेयर आचार्य र उपमेयर उप्रेतीले महिला सशक्तिकरणका लागि विगतमा भइरहेको काम कारवाहीलाई अझ मर्यादित र व्यवस्थित बनाई समग्र महिलाको हक हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

उनीहरुले अन्याय र अत्याचारमा परेका नगरवासीको गुनासो सुन्न र काम गर्न सजिलो होस् भन्ने हेतुले नगरपालिकाकामा हेल्प डेक्सको निर्माण समेत गरिसकेको बताए ।

मेयर आचार्य र उपमेयर उपे्रतीले अब नगर विकासको लागि कम्मर कसेर लाग्ने बताउँदै संघसंस्थाको कार्यक्रममा विहान बेलुका मात्र समय मिलाएर जाने समेत बताए ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य विष्णु प्रसाईले निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै नगरको समुन्नत विकासमा आफूले पनि सक्दो सहयोग गर्ने बताए । उनले स्थानीय तहमा महिलाको आजको उपस्थिति भनेको विगतमा महिलाहरुले गरेको आन्दोलनको प्रतिफल भएको बताउँदै आगामी दिनमा महिला नेतृत्व स्थापितका लागि अबका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यसैगरी महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडाले आफू उपमेयरमा उपविजयी भए पनि १९ हजार जनताले विश्वास गरेर दिएको मतको सधै सम्मान गर्ने बताइन् । उनले गाउँका दुरदराजमा रहेका आम महिलाको समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउनका लागि निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाइन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा लोकतन्त्र पोस्ट दैनिकका सम्पादक मोहन काजी, मेचीनगर लेडीज जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मालगायतले नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई दिँदै संघसंस्थाका कार्यक्रममा भन्दा जनताका कामलाई बढी ध्यान दिन सुझाव दिएका थिए ।

संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसएसपी गोविन्द अधिकारी, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, जनसंसद दैनिकका सम्पादक मुक्ति पौडेल, रामघाट सेवा समितिका अध्यक्ष ललित बोहोरा, त्रिफला पुस्तकालयका अध्यक्ष  प्रेमप्रकाश फलाहारी, साहित्यकार विनोद खनाल, महिला नेतृ जानुका ओली, झुमा बानियाँ, पवित्रा पौडेल, युवा नेता विपी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष विना तामाङले गरेकी थिइन् भने सञ्चालन सचिव दीपमाला लिम्बूले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: