‘जनयुद्धका दुई वर्ष म झापामै थिएँ’

  प्रकाशित मिति
२१ चैत्र २०७२, आईतवार ०५:४१


Onsari-Ghartimagar

विर्तामोड । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती शनिवार अन्तर पार्टी महिला सञ्जाल झापाले विर्तामोडमा आयोजना गरेको कार्यव्रmममा दिएको भाषणको मुख्य अंश यस्तो छ–

आदरणीय झापाली दिदीबहिनीहरू,
नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने लक्ष्य मेरो पनि थियो । ती मान्छेहरु जसले रगत दिए, ती मान्छेहरु जहाँ बलिदान गरेँ, के त्यस्तो इतिहासलाई हामीले निरन्तरता दिन सक्दैनौँ भन्ने मेरो मनमा विचार उत्पन्न भयो । त्यसैले जनयुद्धका दुई वटा वर्षहरू मैले सुखानीको जङ्गलमा मारिएका सहिदहरूको सपनाको निरन्तरताको लागि मर्न तयार भएर म यस जिल्लामा आइपुगेको थिएँ । त्यस्तो किसिमको एउटा अभियान अन्तर्गत म यो जिल्लामा उपस्थित भइसकेको हुनाले झापा मेरा लागि अवश्य पनि नयाँ त थिएन । तर आज तपाइँहरुले मलाई नयाँपन दिलाउनु भयो ।

तपाईहरूले जसरी एउटा पृष्ठभूमि बनाएर मलाई यहाँ बोलाउनु भयो, शायद म यो उपस्थिति र आमन्त्रणलाई कसरी बुझ्छु भने महिलाहरूको जागरण, महिलाहरूको उत्साह र महिलाहरूको मनोवलको रुपमा बुझ्छु । यस्तो किसिमको अवसर प्रदान गर्नु भएकोमा अन्तरपार्टी महिला सञ्जाल झापालाई म विशेष आभार प्रकट गर्न चाहन्छु ।

आज म जुन हलमा उभिरहेकी छु, त्यो अन्तरपार्टी महिला सञ्जाल झापाको हल हो भनेर मैले थाहा पाएँ । दिदीबहिनीहरू तपाइँहरूले पसिना बगाउनु भएको छ, हामी सबैले मिहेनत गरेपछि असम्भव भन्ने कुरा केही हुँदैन भन्ने यो हलको निर्माणले पनि पुष्टि गरेको छ । यसमा धेरै धेरै सहयोगी हातहरू अघि बढेका रहेछन् ।

हामीले चाहेको समाज, हामीले चलाउन खोजेको राज्य प्रणाली समानताकै हो, यहाँ उपस्थित कसै पनि दिदीबहिनीले हिजो हामी पुरुषहरूको शासनमुनि बस्नु पर्यो, आज महिलाहरूको शासनमुनि पुरुषहरूले बस्नु पर्छ भन्ने धारणा राख्नु हुन्न होला मेरो विश्वास हो । हामीले त समानताको यो समाज, समानताको राज्य प्रणाली चलोस् र यसमा हामी सबैले स्वतन्त्रतापूर्वक बाँच्न पाउँ भन्ने आवाज उठाएको हो । त्यसैले यो आवाज, जसरी हामीले उठाउँदै आएका छौँ, यहाँका पुरुष दाजुभाइ, प्रशासनमा, जो चाहिँ राज्यका सबै सबै निकायमा हुनुहुन्थ्यो, तपाइँहरूको साथमा साथ दिएर अघि बढ्नु भएको रहेछ । यो सुन्दा मलाई असाध्य खुशी लागेको छ ।
उपस्थित मित्रहरू,
हामीले यी कुराहरूको चर्चा गरिरहँदा हामीले महिला आन्दोलनको चर्चा परिचर्चा गरिरहेकै छौँ । शायद निक्कै लामो समयपछि नेपाली जनताले आफ्नो प्रतिनिधिमार्फत संविधान बनाउने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । आजको दिनसम्म जे काम हामीले गर्यौँ, हामी अगाडि बढ्दै जान्छौँ, तर पछाडिका दिनहरू, व्रिmयाकलाप इतिहास बनेका छन् । महिलाहरू यो स्थानमा आउनका लागि निकै नै श्रम र पसिनाहरू बगेका छन् । तपाइहरूले आज देखिरहनु भएको छ, यो देशका मुख्य पाँच वटा पदहरू भनेर हामी नेपालीले स्वीकार गरेका छौँ, त्यसमा पनि अझ राष्ट्रकै प्रतीकका रुपमा स्वीकार गरिएको राष्ट्र«पति जस्तो पद हामी महिलाहरूले लिएका छौँ । सभामुख जस्तो कार्यकारी ओहोदामै रहेर नियम बनाउन संविधानमा रहेका धारा र उपधारालाई ऐनमा व्यवस्थापन गर्नका निमित्त विधेयकहरूमा छलफल गराई निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि हामी महिलाहरूले नै लिएका छौँ । यस्तो किसिमको अवस्थाको सिर्जना कसरी हामीले बनायौँ त भन्दा पक्कै पनि तपाइँ हामीले विभिन्न प्रकारको कालखण्डमा विभिन्न प्रकारको सव्रिmयता दिएका छौँ ।

शायद मङ्गलादेवी सिंहले सङ्गठित हुनुपर्छ भन्नु भन्दा अडागि पनि धेरै महिला दिदीबहिनीले योगदान गरेको पनि हामी देख्छौँ । भोजपुरतिरको इतिहास पनि छ, पञ्चायतकालमा पनि आफुलाई जे परे पनि सहेर अगाडि बढ्ने साहसिक महिलाहरू पनि हुनुहुन्थ्यो । विभिन्न कालखण्डमा विभिन्न राजनीतिक दलहरूले नेतृत्व गर्नु भयो, या स्वतन्त्रतापूर्वक आफ्नो अभियानलाई जारी राख्ने कयौँ कयौँ महिलाहरूको आजको दिन आउनुमा ठूलो योगदान छ । ती योगदानहरूमा म तपाइँहरूलाई अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, कसैले पनि तेरो र मेरो आजको दिनदेखि नभनौँ, हामीले जति योगदान गर्यौँ, त्यो साझा सम्पत्ति हो, तपाइँ हाम्रो पूँजी हो । या त हामीले इतिहासमा लडेर ल्याएको जे जति उपलब्धिहरू छन्, या त हामीले इतिहासमा रचेका विभिन्न कालखण्डका योगदानहरूको वीरता होस्, ती सबैलाई हामीले साझा पूँजीको रुपमा लिऔँ भनेर म यो मञ्चबाट अपिल गर्न चाहन्छु । भनिन्छ यहाँ महिलाहरूलाई विभाजित गर्नका लागि महिलाहरूले रचेको इतिहासलाई कसैको ठेक्काको रुपमा जाओस् भन्ने हेतुले व्याख्या विश्लेषणहरू गर्ने गरिन्छ ।

मङ्गलादेवी सिंह नेपाली काङ्ग्रेस हुनुहुन्थ्यो त्यसैले यसको जस पुरै नेपाली काङ्ग्रेसले लिनु पर्छ, जनयुद्धमा धेरै धेरै जनमुक्ति सेनामा महिलाहरूले लडेर आफ्नो इतिहास कायम गर्नु भयो त्यो चाहिँ माओबादीकै ठेक्का हो, अर्थात झापा आन्दोलनको जुन इतिहास छ, त्यो एमालेको नीतिका कारण उपलब्धि भएको हो भनेर जसरी विभक्त गर्न खोजिन्छ, यस्तो खालको विभाजन हाम्रो वीचमा नहोस् । यात मङ्गलादेवीको इतिहासको कुरा यात झापा आन्दोलनको कुरा होस्, यात महिलाहरूले जनयुद्धमा महिलाहरूले पुष्टि गरेको कुराहरू, यात आज कुनै पनि एउटा राजनीतिक दलको अधिनमुनि नरहेर स्वतन्त्रपूर्वक लडिभिडी महिलाहरूले कायम गरेको इतिहास नै होस्, यी सबैलाई तपाइँ हामीले साझा सम्पत्तिको रुपमा, साझा पूँजीको रुपमा लिऔँ र महिलाहरूको सक्षमता, महिलाहरूको दक्षता, महिलाहरूले गर्न सक्ने साहस र वीरताको इतिहासको यो गौरवलाई सबै सबैले साझा रुपमा लियौ भने हामी बलियो नै हुन्छौँ । अगाडि बढ्नका लागि यी चीजहरूले प्रेरणा नै दिन्छन् ।

म गएका धेरै ठाउँमा पुरुष साथीहरूले घेराबन्दी लगाएर सोध्ने गर्नु भएको छ । सभामुखज्यु तपाइँहरूले त संविधानसभामा महिलाहरूले घेराबन्दी लगाएर प्रत्येक पानामा महिला भन्ने शब्द उल्लेख गर्नु भएको रहेछ । अब पुरुषहरू यो समाजमा कसरी बाँच्नु ? हामीलाई केही अधिकारै रहेनछन्, तपाइहरूले प्रत्येक पानामा महिलाहरूको अधिकार लेखिसकेपछि भोलि चाहिँ पुरुष सङ्गठन त कतै बनाउनु पर्दैन भनेर मलाई प्रश्नहरू मलाई गर्ने गर्नु भएको छ ।

उपस्थित मित्रहरू,
मैले अघि पनि भनेँ, हामीले चाहेको शासन प्रणाली, राज्य प्रणाली भनेको महिलाको राज्य प्रणाली होइन, न कि हिजोको पुरुषको राज्य प्रणाली । हामी त समानताको राज्य प्रणाली चलाउन चाहन्छौँ । जसका लागि संविधानमा धेरै कुराहरू उल्लेख छन् । हिजो हामीले आन्दोलनको प्रमुख एजेन्डा महिलाको पहिचानलाई बनाएका थियौँ । जबसम्म आमाको नामबाट नागरिकता बनाउन पाउँदैनौँ, यात स्वतन्त्रतापूर्वक नागरिकता बनाउन पाउँदैनौँ, जबसम्म पैतृक अंशमा समान अधिकार स्थापित गर्न पाउँदैनौँ तबसम्म हाम्रो माग पूरा हुँदैन हामीले भनेका थियौँ । त्यो कुरा आज व्यवस्थित ढङ्गले अगाडि आएको छ । संविधानमा हामीले जे आधार खडा गरेका छौँ, त्यसबाट हामीले अब नागरिकतामा समान अधिकार, अंशमा समान अधिकार र त्यसैगरी प्रतिनिधित्वमा समानुपातिक समावेशी सवाललाई ग्यारेन्टी गरेका छौँ । अब ख्याल गर्नु पर्ने कुरा संविधानको कार्यान्वयनमा तपाइहरू केन्द्रित हुनुपर्छ जस्तो मलाई लागेको छ ।

आज तपाइँहरूको अन्तरपार्टी सञ्जालका अध्यक्ष माया गुरुङसँग भेट भयो । उहाँले आफ्नो नातिनीलाई के भन्दै हुनुहुन्थ्यो भने हेर तिमी पनि भोलि यस्तै ठूलो मान्छे बन्ने हो । त्यसैले तिमीले उहाँसँग कुरा गर । हिजो वास्तवमा हामीले जब छोरी जन्मन्थे हामी आमाले नै कस्तो शिक्षा दिन्थ्यौँ भने तिमी त अर्काको घरमा जाने हो, अनुशासित बन, तिमीले विस्तारै हिड्नु पर्छ, अरुले भनेको मान्नु पर्छ, सहने बानी बसाल्नु पर्छ, घरको धन्दामा मात्र तिमी सीमित हुनु पर्छ, भाडा माझ्नु पर्छ, खाना पकाउनु पर्छ, घर बढार्नु पर्छ, लुगा धुनु पर्छ । यस्तै शिक्षा दिन्थिम् । हामीले छातीमा हात राखेर भनौँ, हामी प्रत्येक आमाले यहि शिक्षा दिन्थ्यौँ । कहिल्यै पनि ठूलाठूला कुराहरू सोध्दैनथ्यौँ ।
तर आज म गर्वका साथ भन्न सक्छु, आज तपाइँको छोरी चाहिँ ठूलो हुँदै जान्छिन्, तपाइँले शिक्षा दिनु पर्ने हुन्छ, अब यो देशमा आइन्दा महिलाहरू राष्ट्रपति बन्न सक्छन्, सभामुख बन्न सक्छन् भन्ने कुरा पुष्टि भइसकेको छ । अब मेरो छोरी पनि डाक्टर बन्ला, इन्जिनियर बन्ला, राजनीतिक फाँटतिर आयो भने पनि राष्ट्रपति बन्ला, सभामुख बन्ला, प्रधानमन्त्री बन्ला, मुख्यमन्त्री बन्ला भनेर शिक्षा अवश्य पनि दिनु हुनेछ । यो कुरा हामीले स्थापित गरेरै छाड्यौँ । यो कुरा हाम्रो संविधानमा उल्लेख छ । आगामी दिनमा कसैले चाहेर यो रोकिनेवाला छैन, छेकिनेवाला छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: