जनयुद्धलाई फर्केर हेर्दा

  प्रकाशित मिति
२९ माघ २०७२, शुक्रबार १४:२४


bimal 1
मुलुक परिवर्तित छ । समय परिवर्तनशील छ । गतिशील समयको पावन्दीसँगै समाज रुपान्तरणको प्रव्रिmया तीव्र गतिमा अघि बढिरहेको छ । यो मोडसम्म इतिहासलाई डोहो¥याउन हामीले धेरै क्षति पनि मोलेका छौँ र उपलब्धिहरू पनि हासिल गरेका छौँ । जति उपलब्धिहरू हासिल गरेका छौँ त्यसको तुुलनामा हजारौँ गुुणा बढी हाम्रा प्रियजनहरू हामीले गुुमाउनुु परेको छ । यसव्रmममा हामीले हजारौँ होनहार मित्रहरूलाई गुुमाएका छौँ ।

आज फागुन १ गते जनयुद्ध दिवस मनाइँदैछ । वि.सं. २०५२ साल फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्नका लागि महान् जनयुद्धको थालनी गरिएको थियो ।

दश बर्षसम्म भीषण रुपमा चलेको बर्गसङ्घर्षले सिङ्गो देशलाई नै तरङ्गित तुल्यायो । जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याव्रmमणको चरण हुँदै विकसित हुँदै पार्टी, जनसेना र संयुक्त मोर्चाका क्षेत्रमा गुणात्मक उपलब्धि हासिल ग¥यो । देशव्यापी रुपमा ग्रामीण क्षेत्रमा आधार इलाका स्थापित भए ।

नेपाली जनयुद्ध विश्वसर्वहारावर्गका लागि पनि आकर्षण र गौरवको विषय बन्यो । परन्तु, पार्टीमा दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा हुनुको कारण महान् जनयुद्धले गम्भीर धक्का खायो । अहिले आएर सिङ्गो माओवादी आन्दोलन टुटफुटका श्रृङ्खलाहरू पार गर्दैछ ।
जनयुद्धको दौरानमा झण्डै चौध हजारभन्दा बढी वीरवीराङ्गानाले सहादत प्राप्त गरे । कैयौँ योद्धाहरू राज्यद्वारा बेपत्ता पारिए र कयौँ योद्धाहरू घाइते अपाङ्ग भएका छन् । जनयुद्धका दश वर्ष र शान्ति प्रव्रिmयाका पछिका वर्षहरूलाई आजका माओवादीहरूले कसरी मूल्याङ्कन गर्ने ? वास्तवमा माओवादी आन्दोलनको विचलन र विघटन कहाँबाट सुरु भयो ? जनयुद्ध आरम्भदेखि चुनबाङसम्मको अवधिलाई कसरी समीक्षा गर्ने ? चुनबाङदेखि काठमाडौँसम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ? शान्तिप्रव्रिmयामा आएदेखि यहाँसम्मको माओवादी आन्दोलनको विभाजन र नयाँ धुव्रीकरणलाई कसरी बुझ्ने ? अबको माओवादी आन्दोलन कसरी अघि बढ्छ ? यसको जबाफ आजका व्रmान्तिकारी माओवादीहरूले खोज्न जरुरी छ ।

२०५२ फागुन १ मा माओवादीले सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध सशस्त्र जनयुद्धको उद्घोष ग¥यो । यो नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र आन्दोलन थियो, जसको लक्ष्य नयाँ जनवादी राज्यसत्ताको स्थापना थियो ।
तर, आज जनयुद्धका लक्ष्य पूरा नहुँदै माओवादी आन्दोलनको ठूलो हिस्सा संसद्वाद र गोलचक्करवादमा पुगेर विसर्जन भएको छ भने अर्को व्रmान्तिकारी हिस्सा नयाँ शिराबाट अघि बढ्दैछ । खासगरी नेत्रविव्रmम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको माओवादीले दश वर्ष लामो जनयुद्धका लक्ष्यलाई भिन्न शिराबाट पुरा गर्ने बाटो तय गरेको दावी गर्दैछ भने सुरुदेखि नेतृत्वमा रहेरका डा. बाबुराम भट्टराईले नयाँशक्ति नामको बाटो खोलेका छन् । अरु थुपै्र असन्तुष्ठीहरू छन् ।

वास्तवमा जनयुद्धका दश वर्ष माओवादी आन्दोलनको एउटा स्वर्णयुग भन्दा अतियोक्ति नहोला । किनभने दश वर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाइदियो । सामन्तवादका जराहरू गाउँ गाउँबाट काटिए । त्यसैको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । मुलुकले नयाँ संविधान पायो । यी त सिङ्गो नेपाली समाज र विश्वले स्वीकार गरेको विषय हो ।

janayudhha 3

दश वर्षे जनयुद्धले सशस्त्र छापामार टुकडीको निर्माण गर्दै दशौँ हजारको सङ्ख्यामा विशाल जनमुक्ति सेना निर्माण ग¥यो । हजारौँ पूर्णकालीन कार्यकर्ता उत्पादन ग¥यो । तिनै कार्यकर्ता र जनसेनाको बलमा गाउँ–गाउँबाट स्थानीय सत्ता निर्माण भए । स्थानीय सत्ताबाट जिल्ला जनसरकार हुँदै माओवादीले केन्द्रीय जनसरकारमा पटक–पटक पुग्यो ।

देशव्यापी रुपमा माओवादी आन्दोलनको फैलावट । आफ्नै जनसेना, जनसत्ता, जनअदालत र जनकम्युनहरू स्थापना गर्नु कम्ति चानचुने कुरा थिएन । नेपाली धर्तीमा यति ठूलो सशस्त्र आन्दोलन कहिल्यै भएको थिएन ।

माओवादी आन्दोलनले खासगरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पा¥यो ।

यी परिघटनाहरूबीच ०६२ असोज कार्तिकमा रुकुमको चुनबाङमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले राजनीतिक कार्यदिशाको रुपमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र फौजी रुपमा ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति पारित ग¥यो । दस्तावेजमा टेकेर बहस गर्ने हो भने कार्यनीतिक रुपमा चुनबाङले तय गरेको राजनीतिक र फौजी कार्यनीतिलाई प्रचण्डले इमान्दारितापूर्वक कार्यान्वयन गर्न सकेको भए नेपालमा नयाँ ढङ्गबाट व्रmान्ति सम्पन्न गर्न सकिने निश्चित थियो ।

काठमाडौँको केन्द्रीय सत्ता कब्जा गर्न आएपछि माओवादी उल्टै संसोधनवादका पक्षधरको कब्जामा परे । जसका कारण सिङ्गो माओवादी आन्दोलनले ठूलो धक्का खानुप¥यो । शान्तिप्रव्रिmयामा प्रवेश गरेपछि माओवादी आन्दोलन ओरालोतिरको यात्रामा लाग्यो । यो बीचमा माओवादीहरूले थोरै उपलब्धि तर धेरै क्षति र पराजय भोग्नुप¥यो । आन्दोलन र सङ्घर्ष होइन खाली वार्ता र सम्झौताको बाटो अबलम्न गर्न थालेपछि सिङ्गो माओवादी आन्दोलनले आफ्नो आयतन व्रmमशः घटाउन पुग्यो । माओवादीका धेरै नेताहरू संसदतिर छिरेपछि पार्टी कार्यव्रmमहरू स्थगत जस्तै हुन पुगे । पछिल्लो समयमा जनसेनालाई विघटन गर्नु माओवादी आन्दोलनको अर्को कमजोरीको रुपमा लिन सकिन्छ ।

नेताहरू संविधानसभा (संसद) भवनमा घाम ताप्नतिर लाग्ने । इमान्दार कार्यकर्ताहरू व्रmान्तिको भविष्यप्रति चिन्तित भएर कुनै विकल्प नपाएपछि पलायन हुने स्थिति आयो ।

तथापि पनि मुलुकले लोकतान्त्रिक संविधानको बाटो समातेको छ । यो उपलब्धी हो । जनयुद्धको उपजको रुपमा मुलुकले संविधान पाएको छ, भन्न सकिन्छ । केही व्यक्तिहरू हार्दैमा, गल्दैमा र कोही मान्छेहरू गोलचक्करमा हराउँदैमा कुनै पनि व्रmान्तिले हार्दैन । अन्तिममा फागुन १ को व्रmान्तिकारी र गौरवशाली इतिहासलाई संरक्षण गरेर अघि बढ्न सक्नुपर्छ । व्रmान्तिकारीका सपनाहरू कहिल्यै मर्दैनन् । इतिहासमा जित व्रmान्तिकारीहरूकै हुनेछ । फागुन १ कम्युनिष्टहरूको बृहत एकता र परिवर्तनको दिन बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: