जनसंसद दैनिकको पद हस्तान्तरण र सम्मान

  प्रकाशित मिति
१५ माघ २०७६, बुधबार २०:२६


काँकरभिट्टा । हाम्रो प्रकाशन समूहद्वारा प्रकाशित जनसंसद दैनिकको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार काँकरभिट्टाको भानु साहित्यिक प्रतिष्ठानको हलमा सम्पन्न भएको छ ।

कार्यक्रमकाबीच लामो समयदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अग्रज समाजसेवी कृष्णप्रसाद उप्रेतीले वर्तमान अध्यक्ष केशवराज पाण्डेलाई पद हस्तान्तरण गरेका थिए ।

उप्रेती जनसंसद दैनिको स्थापनाकालदेखि अध्यक्षको जिम्मेवारीमा थिए । हालै मात्र युवा नेता पाण्डेको नेतृत्वमा जनसंसद दैनिकको नयाँ सञ्चालक समिति बनेको छ ।

सोही अवसरमा जनसंसद्का संस्थापक अध्यक्ष उप्रेती, उपाध्यक्ष क्यापटेन गोपीलाल लिम्बु र सहसम्पादक डम्बर बराललाई सम्मान गरियो । जनसंसद दैनिकलाई यहाँसम्मा ल्याइपुर्याउन अथक भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पत्रिका समाजको सम्पति भएकाले यसलाई सबैले संरक्षण गर्न आवश्यक रहेको बताए ।

नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले नगरबासीले यहाँबाट प्रकाशित हुने पत्रिका पढ्दै गर्दा निष्पक्षता हुनुपर्नेमा जोड दिएका थिए । समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङले नयाँ युवा पुस्ताको काँधमा पत्रिकाको जिम्मेवारी आएकाले राजनीतिक पूर्वाग्रही नभई सञ्चालन गर्न सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर अध्यक्ष सुशील आचार्यले पत्रकार समाजको ऐना भएको बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजेन्द्र पोखरेलले आफ्नो कार्यालयबाट सूचना प्रवाह गर्दा पत्रकारलाई कुनै पनि सूचना नलुकाउने बताए ।
लोकतन्त्र पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक झुलन रेग्मीले नगरका दुईवटा पत्रिकाबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

जनसंसद् दैनिकका नवनिर्वाचित अध्यक्ष केशवराज पाण्डेले स्वतन्त्र पत्रकारिता गर्न कसैले नरोक्ने दावी गरे । उनले सञ्चारमाध्यममा चुनौति र अवसर दुवै छन्, सङ्कटग्रस्त भएका पत्रिकालाई नयाँ सोच र नयाँ दिशा निर्देशबाट माथि उठाउन पहलकदमी गरिने बताए ।

सञ्चालक समितिका अध्यक्ष केशवराज पाण्डे, उपाध्यक्ष कमल थापा, सचिव मुक्ति पौडेल, निर्देशक सञ्जीव राई तथा सदस्यहरु अर्जुन कार्की र विनोद बस्नेतलाई पद हस्तान्तरण गरिएको थियो ।

संस्थापक अध्यक्ष उप्रेतीले नवनिर्वाचित अध्यक्ष पाण्डे तथा संस्थापक उपाध्यक्ष क्याप्टेन लिम्बुले नवनिर्वाचित उपाध्यक्ष कमल थापालाई माइन्यूट बुक दिएर पद हस्तान्तरण गरिएको थियो ।

२०६२ साल असोज १४ गते प्रकाशन सुरु गरेको जनसंसद् दैनिक झापाको अग्रणी र लोकप्रिय पत्रिका हो । २०६२÷०६३ को जनआन्दोलनलाई सफल बनाउन झापाबाट सशक्त भूमिका निर्वाह गरेको जनसंसद् दैनिकलाई नयाँ योजनासहित प्रभावकारी एवम् व्यावसायिक बनाइनेमा सबै वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा लोकतन्त्र पोष्ट राष्ट्रिय दैनिकका संस्थापक सम्पादक मोहन काजी, शसस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मका प्रमुख डीएसपी ज्ञानमणि पौडेल, समाजसेवी मेदनीप्रसाद खरेल लगायतको आतिथ्यता रहेको थियो ।
जनसंसद् दैनिकका संस्थापक सदस्य विजय डालमियाले स्वगत गरेको कार्यक्रमको सञ्चालन सचिव एवम् सम्पादक मुक्ति पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: