सहिद विश्वासको शालिक अनावरण

  प्रकाशित मिति
६ बैशाख २०७३, सोमबार १२:२२


DSC02544

झापा, ६ बैशाख । दोस्रो जनआन्दोलन ०६२÷६३ मा सहादत प्राप्त गरेका सहिद सुरज विश्वासको अर्धकदको शालिकको सोमबार अनावरण गरिएको छ ।

सहिद भएको एक दशकपछि आज १० औँ पुण्यतिथिका दिन सहिद सुरजको शालिक सांसद जीतु गौतम र सांसद रविन कोइरालाले एक कार्यव्रmमका बीच अनावरण गरेका हुन् ।

भद्रपुर नगरपालिका–६ निवासी सहिद सुरजको शालिक सहितको पार्क निर्माणका लागि भद्रपुर नगरपालिका कार्यालयले आफ्नो स्वामित्वमा रहेको साढे ८ धुर जग्गा उपलब्ध गराएका थियो ।

पूर्व मन्त्री समेत रहनु भएका सांसद् जितु गौतमले सांसद कोषबाट २ लाख, शान्ति मन्त्रालयबाट ४ लाख ३० हजार र भद्रपुर नगरपालिकाबाट ११ हजार रुपैयाँ गरी ६ लाख ४३ हजार रुपैयाँ शालिक निर्माणमा खर्च भइसकेको निर्माण समितिले जनाएको छ ।

गोपाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा सबै राजनीतिक दलहरुको उपस्थिति रहेको थियो । सहिद सुरजको शालिकमा उनका पिता शान्ति विश्वास र मिनु विश्वासले पनि अविर लगाउनुका साथै माल्याअर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै सहिद पिता शान्ति विश्वासले देशको निम्ति बलिदान दिएको सहिदको सपना पुरा गर्न सरकारमा बसेका दल, प्रतिपक्षमा बसेका नेपाली काग्रेस र आन्दोलित बनेका मधेसबादी दल एकै ठाउमा बसेर घर भित्रको समस्या घरमै बसेर मिलाउन आग्रह गरे । उनले सबै दल नमिलेसम्म जारी भएको सविधान नेपाली जनताको हितमा नहुनेमा समेत चिन्ता व्यक्त गरे । देशको आन्तरिक समस्या समाधान गर्न ठूला तथा साना दलहरु एक ठाउमा नउभिएकाले नेपाली जनताले दुख पाइरहेको छ ।

दोस्रो जनआन्दोलनको व्रmममा भद्रपुरको सदरमुकाममा शाही नेपाली सेनाले चलाएको गोली लागेर सुरज विश्वास र राजन गिरीले आजै दिन सहादत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: