जन्मदिनमा खाद्यान्न वितरण

  प्रकाशित मिति
२१ चैत्र २०७६, शुक्रबार २०:४२


मेचीनगर । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले शुक्रबार अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् ।

५२ औँ जन्मदिनको अवसर पारेर उनले मेचीनगर–१० स्थित बुद्ध टोलमा बसोबास गर्ने निम्न वर्गका २४ घर परिवारलाई ती सामग्री सहयोग गरेकी हुन् ।

सीताका श्रीमान् बालकृष्णले जन्मदिनमा वर्षेनी गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यसवर्ष चामल, दाल, खानेतेल, नुन र चिनी वितरण गरिएको बताए ।

बालकृष्णकी भाउजू गीता उप्रेती, सीताकी बहिनी÷ज्वाईं तुलसा र ध्रुव कँडरिया तथा ज्वाईं केशव सिटौलाले ती सामग्री हस्तान्तरण गरेका थिए ।

बालकृष्णका दाजु लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै सामूहिक रुपमा कार्यक्रम नगरी घरघरै पुगेर २० हजार रुपैयाँ मूल्य बराबरका खाद्य सामग्री प्रदान गरिएको हो ।

आफ्नै घरमा खाद्य पदार्थ पाउँदा खुशी व्यक्त गर्दै सुमित्रा राजवंशीले बन्दका बेला पाएको सहयोगले राहत मिलेको प्रतिक्रिया दिँदै दाता परिवारलाई धन्यवाद दिइन् ।

मेचीनगर–१० स्थायी घर भई हाल अमेरिकामा रहेका बालकृष्ण र सीता उप्रेतीले जन्मदिनमा वर्षेनि विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: