जमुना मेडिकलमा आगलागी, पौने २ करोडको क्षति

  प्रकाशित मिति
१३ माघ २०७६, सोमबार १३:२०


मेचीनगर । शनिवार मध्यरातमा धुलावारीको जमुना मेडिकल हलमा आगलागी भएको छ ।

मेचीनगर–१० स्थित हस्पिटलमोडमा सञ्चालित जमुना मेडिकल हल धुलावारीको पुरानोमध्येको औषधि पसल हो ।

आगलागीबाट १ करोड ८० रुपैयाँ बराबरको धनमाल क्षति भएको सञ्चालक उमेश सुबेदीले बताएका छन् ।

शनिबार मध्यरातीतिर विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट मेडिकल हल पूरै ध्वस्त भएको छ ।

आगलागी भएको बेला पसलमा कोही पनि थिएनन् । छिमेकीहरुले आगो पुत्पुताएको देखेपछि प्रहरी, दमकल र सञ्चालकलाई खबर गरिदिएका थिए ।

मेचीनगरको दमकल आइपुग्दा मेडिकल हलभित्रको पूरै सामानहरु जलेर नष्ट भइसकेको थियो । भद्रपुरबाट समेत आएको दमकलले प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

सञ्चालक सुवेदीले शनिबार राती ११ः३० बजेतिर मेडिकल हल बन्द गरेर घर गएको बताए । त्यसको एक घण्टापछि मेडिकल हलमा आगलागी भएको खबर आफूले पाएको बताए ।

सञ्चालक सुवेदीका अनुसार आगलागीबाट १ करोड ३५ लाखको औषधि, फर्निचर १० लाखको, मेसिनरी तथा क्लिनिकल सेटअप १० लाखको र भवन २५ लाखको गरेर जम्मा १ करोड ८० लाख बराबरको क्षति भएको छ । आगलागीबाट क्लिनिकभित्रका सामान पूरै जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीले इन्भर्टरको तार सर्ट भई आगो सल्किएको हुनसक्ने अनुमान गरिएको बताए ।

धुलाबारी तथा आसपासका बिरामीले उक्त मेडिकल हलबाट स्वास्थ्य उपचारका साथै औषधिको सेवा लिदै आएका थिए ।

सञ्चालक टीका सुबेदी मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष हुन् भने सञ्चालक उमेश सुबेदी नेपाल औषधि व्यवसायी सङ्घका पूर्व महासचिव हुन् । दुबैजना मेचीनगरका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: