जलथल गाविस खुल्ला दिशामुक्त

  प्रकाशित मिति
३० असार २०७३, बिहीबार १७:१२


विर्तामोड, ३० असार । दक्षिणी झापाको जलथल गाविसलाई विहीबार जिल्लाको पाँचौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यता तथा गाविस सचिव मुरारी पोखरेलको सभापतित्वमा घोषित खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो ।

जलथलमा कूल ३ हजार ३५ घरहरु भएको बताइएको छ । कार्यक्रममा खुल्ला दिशामुक्त अभियानमा सहयोग पु¥याउने पाथीभरा कालिका वन उपभोक्ता समिति, प्रहरी चौकी जलथल सहित स्थानीय संघ–संस्था र १३ जना अभियानकर्तालाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रत्येक वडाबाट विपन्न समुदायका १÷१ जना तथा लक्षित वर्गबाट सहित १६ जनालाई सम्मान गरिएको थियो भने प्रत्येक वडाका वडा नागरिक मञ्चका प्रतिनिधीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धिताल, जिल्ला विकास समितिका योजना अधिकृत दिपक दाहाल, नेकपा मालेका जिल्ला सचिव नवराज खरेल, राप्रपा नेपालका श्रीप्रसाद बाह्रकोटी, पाथीभरा कालिका वन उपभोक्ता समितिका अध्यक्ष चिरञ्जिवी पौडेल, स्थानीय खानेपानी संस्थाकी अध्यक्ष लक्ष्मी मैनाली, खुदुनावारी गाविसका सचिव तुलसीप्रसाद भण्डारी, डिवास सिसिका सल्लाहकार रेवतीरमण नेपाल, आदिवासी जनजाति महासंग गाउँ समन्वय समितिका गञ्जमान प्रधान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सामाजिक परिचालक सागर पोर्तेलले सञ्चालन गरेको कार्यक्रममा जितबहादुर राजवंशीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: