जलविन्दु

  प्रकाशित मिति
२१ श्रावण २०७५, सोमबार १२:३२


हाम्रो शरीरको रक्तचाप जस्तै आँखामा हुने चाप (जसलाई इन्ट्रा अकुलर प्रेसर भनिन्छ) को पनि सन्तुलन कायम रहनु जरुरी छ । यो चाप सामान्य भन्दा बढी भएमा आँखामा भएको स्नायुक्त दृष्टि नसामा दबाव परी सुक्न जान्छ र आँखा सदाको लागि देख्न नसक्ने बन्दछ । यसरी आँखाको चाप बढेर दृष्टि नसा सुक्न जाने रोगलाई जलविन्दु भनिन्छ । जलविन्दुबाट आँखा अन्धो भएमा पुनः दृष्टि प्राप्त गर्न असम्भव हुन्छ । त्यसैले मोतिविन्दु लगायत अन्य धेरैजसो आँखाको रोगहरु भन्दा जलविन्दु अति भयानक रोगबारे केही महत्वपूर्ण कुराहरु जानी राख्नु बुद्धिमानी हुनेछ ।

यो रोग विकासित तथा विकासोन्मुख राष्ट्रहरुको आँखाको उपचार पद्धतिमा एउटा ठूलो चुनौतिको रुपमा देखा परिरहेको छ ।

यस रोगका सामान्य लक्षणहरु
साँझको समयमा खासगरी बत्तीमा हेर्दा बत्तीको वरिपरि इन्द्रेणी देखिनु ।
साँझको समयमा टाउको तथा आँखा बेस्सरी दुख्ने, वाकवाकी लाग्ने तथा वान्ता हुने ।
नजिकको काम गर्दा लगाउने चश्माको शक्ति (पावर) छिटो बदलिनु ।

आँखा सामान्य भन्दा रातो हुनु एक प्रकारको जलविन्दु (ए.सि.जी.) मा विशेषगरी ।
यसको अतिरिक्त परिवारमा वा आफ्नो रगतमा (नातेदारमा) जलविन्दु रोग भएमा, मधुमेह (चिनी रोग) भएमा, धेरै पावरको माइनस वा प्लस चश्मा लगाउने मानिसहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।

चालीस वर्षभन्दा माथिका पुरुष तथा महिलाहरुमा एक प्रकारको जलविन्दु (पि.ओ.ए.जी.) बिरामीले थाहा नपाइकन अथवा कुनै बाहिरी लक्षण नै विना क्रमिकरुपले बढ्दै जाने गरेकोले ४० वर्षभन्दा माथिका सबै व्यक्तिहरुले आँखा अस्पतालमा १÷१ वर्षमा जाँच गराइरहनु राम्रो हुन्छ ।
जलविन्दुको आशङ्का भएमा नेत्र चिकित्सकहरुसँग तुरुन्त सल्लाह लिई उपचार गराइहाल्नु पर्छ ।
(लेखक मेची नेत्रालय आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: