जागिरला धनबहादुर

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार ०८:३०


CIMG0767
शान्तिनगर । झापा शान्तिनगर–५ गढीगाउँका अगुवा कृषक धनबहादुर श्रेष्ठ उमेरले ६३ बर्ष पुगे । तर उनको जोस र जागर लक्का जवानको भन्दा फरक छैन । उनी खाने र सुत्ने समय बाहेक बारीमा नै विताउँछन् । यतिबेला उनको करेसाबारीमा टमाटर लहराइरहेको छ ।
२०४६ सालबाट व्यावसायिक तरकारी खेती गर्दै आएका धनबहादुर शान्तिनगरका अगुवा किसान हुन् । उनी विगत सम्झन्छन् –‘त्यतिबेला धानबाली भन्दा अन्य खेती गर्नेको संख्या औंलामा गर्न सकिन्थ्यो ।’ उनकै सिको गर्दै गाउँमा अरुले पनि तरकारी खेती गर्न थाले । विस्तारै शान्तिनगरको परिचय फेरिदै गयो र हरियो तरकारीको पकेट क्षेत्र बन्न सफल भयो ।

२०६० सालमा उनकै अध्यक्षतामा शान्तिनगरमा मूल कृषक समूह गठन भयो । समूह गठनपछि मौसमी तथा बेमौसमी तरकारी खेतीका तालिम लिएर किसानले मनग्ये आम्दानी गर्न थाले ।

शान्तिनगर तरकारी खेतीका लागि उर्वरभूमि त बन्यो । तर विस्तारै विषादिको प्रयोग बढी हुन थालेपछि शान्तिनगरको तरकारीले बजार पाउन छाड्यो । सुरुमा विषादि कम र प्राङगरिक मल बढी प्रयोग गर्दै आएको धनबहादुरको व्यवसायमा पनि धक्का लाग्यो । अनि सुरु गरे उनले स्थानीयस्तरमा पाउने तीतेपाती, निमपति, गाईको गहुँतको प्रयोगबाट अग्र्यानिक तरकारी उत्पादन गर्न ।

उनले अहिले १५ कट्ठा जमिनमा अग्र्यानिक टमाटर खेती गरेका छन् । शान्तिनगरमा सय बिगाहा क्षेत्रफलमा सय बढी किसानले तरकारी खेती गर्छन् । गाबिस भित्रका बिभिन्न कृषि समुहमा आबद्ध कृषकहरुलाई अग्यानिक खेतीमा जोड दिन बिभिन्न तालिमको ब्यवस्था पनि गरिएको छ । तर उत्पादित कृषिजन्य बस्तुको बजार अझै ब्यवस्थित हुन सकेको छैन्, यो कुराले चै उनलाई बेला, बेला सताउँछ ।

उमेरले नेटो काट्दै गएपछि उनले एक जना सहयोगी पनि राखेका छन् । सहयोगीको साथमा उनले जीवन गुजाराको माध्यम रहेको टमाटर खेतीलाई अङ्गालिरहेका छन् । उनी गुनासिन्छन् –‘२५ बर्ष बढी जीवन तरकारी खेतीमै विताइयो तर सरकारले पेन्सनको व्यवस्था गरेन ।
उनी यतिबेला शान्तिनगरमा मौसमी तथा बेमौसमी खेतीमा युवाहरुको प्रबेशले थप हौसाला मिलेको बताउँछन् ।

सुनमाईका चेतन पौड्याल, मात्रिका पौडेल, गढीगाउँका जनक भण्डारी, प्रेम चापागाई, बर्नेका बमबहादुर तामाङलगायतका कृषकले तरकारी खेतीबाट बार्षिक लाखौ आम्दानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: