जाटाबाट पत्रकार समदर्शी पुरस्कृत

  प्रकाशित मिति
१८ असार २०७३, शनिबार १६:३१


SL371163

बिर्तामोड । झापा जिल्ला ट्राभल्स एजेन्ट संघको शनिबार बिर्तामोडमा सम्पन्न चौँथो साधारणसभामा पत्रकार रमेश समदर्शी राईलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पत्रकार समदर्शीलाई पर्यटन पत्रकारिता सम्मान प्रदान गरिएको हो । प्रतिदिन दैनिकका कार्यकारी सम्पादक समदर्शीलाई झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले सम्मानपत्र तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले नगद हस्तान्तरण गरेका थिए । पत्रकार समदर्शी विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

सोही कार्यक्रममा पथ प्रदर्शक व्यवस्थापन समितिका अध्यक्ष कोषराज सिटौलालाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रजिअ निरौलाले ठुलो हिस्सा ओगटेको पर्यटन व्यवसायको विविध कारणले सोचेजति विकास हुन नसकेको बताए ।
पत्रकार मोहन काजीले संघले सञ्चारकर्मी र पथ प्रदर्शकलाई सम्मान गरेर संस्थाको गरिमा उच्च बनाएको बताए । पर्यटन व्यवसायीको व्यवहारले नेपाल र नेपालीको परिचय झल्किने गरेको उनको भनाइ थियो ।

त्यस्तै, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिकी सदस्य मीना उप्रेतीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकलाई सही पथ प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष निरबहादुर कार्कीले पर्यटन क्षेत्रमा चुनौती धेरै भएको भन्दै सम्पूर्ण पर्यटन व्यवसायी एक भएर चुनौतीको सामना गर्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: