जाटा पुरस्कार रमेश समदर्शीलाई

  प्रकाशित मिति
१६ असार २०७३, बिहीबार १६:०२


ramesh

झापा । झापा जिल्ला ट्राभल एजेण्ड संघ (जाटा)द्वारा स्थापित ‘उत्कृष्ट पर्यटन पत्रकारिता सम्मान’ यसपटक पत्रकार रमेश समदर्शी राईलाई प्रदान गरिने भएको छ ।

राई विगत दुई दशकभन्दा बढी समयदेखि झापामा पत्रकारितामा सक्रिय छन् । हाल उनी प्रतिदिन दैनिकका कार्यकारी सम्पादक र नेपाल समाचारपत्र दैनिक लगायतका सञ्चारमाध्यममा आवद्ध छन् ।

संघको चौँथो वार्षिक साधारणसभाको अवसरमा पत्रकार समदर्शीलाई पाँच हजार नगद राशिको पुरस्कार प्रदान गर्न लागिएको हो ।
शनिबार बिर्तामोडमा आयोजना हुने एक समारोहका बीच पुरस्कार प्रदान गरिने झापा जिल्ल ट्राभल एजेन्ट संघका अध्यक्ष निरबहादुर कार्की (नेत्र) ले जानकारी दिए ।

यसअघि यो पुरस्कारवाट कान्तिपुर दैनिकका पत्रकार पर्वत पोर्तेल र यादव पौडेल (मरणोपरान्त) सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: