जातीय दमन र शोषणको अन्त्य कहिले ?

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार १३:३३


विनय कार्की

महाभारत कथाको कौरव र पाण्डव बीचको अन्तिम युद्धमा अर्जुन र द्रौपदी पुत्र अभिमन्युको कौरबहरुको चक्रव्युमा फसेर मृत्यु हुन्छ । अभिमन्युसँग चक्रब्युह तोड्ने अल्पज्ञान हुन्छ । ऊसँग भित्र छिर्ने बाटो थाहा भए पनि फर्किने सन्दर्भमा ज्ञान थिएन । फर्किनका निम्ति योजना बने अनुरूप पाण्डव दाजु–भाई उनलाई साथ दिन आईपुग्न सकेनन् । फलस्वरुप उनले मृत्यु प्राप्त गर्छन् ।

यस्तै चक्रब्युहमा एक समान्य ब्यक्ति सधै बाँधिएकै हुन्छ । यस्ता चक्रब्युहहरु ठाउँ, परिवेश, समाज र समय विशेष फरक हुन्छन् । नेपाली नागरिकहरु कतै पारिवारिक बन्धनमा कसिएका हुन्छन् त कतै सामाजिक मूल्य मान्यताले पिल्सिरहेका हुन्छन् । लैङ्गिकताको आधारमा त सधै चिथोरिन्छन् सँगैमा जातीयताको जा“तोमा घुनसरि पिसिरहेकै छन् । धार्मिक अतिवादमा पोलिन्छन् भने वर्गीय उच्चनिचका आधारमा थेचारिन्छन् । राजनैतिक पूर्वाग्रह, क्षेत्रीय उत्पीडन जस्ता अनेक मान्छे–मान्छेबिच फुट गराउने बन्धनहरु व्याप्त छन् ।
यस्ता बन्धनहरुमा बाँधिएका मानिसहरुको हकमा लोकतन्त्र, गणतन्त्र भएनि जनताले के पाए भन्ने भनाई चरितार्थ देखिन्छ । ऐतिहासिक रुपमा राज्यसत्ता र शक्तिकेन्द्रको पँहुचभन्दा बाहिर रहेका नागरिकलाई यस्ता चक्रब्युह भित्र बारम्बार फसाईन्छ, चिथोरिन्छ, पिसिन्छ, दबाइन्छ र मारिन्छ ।

नेपालको संविधान–२०७२ मा लेखिएको जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य, मौलिक हक र मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी–सम्झौताको नेपाल पक्ष राष्ट्र भए तापनि सामाजिक न्याय, विधिको शासन, कानुनी राज्य र नागरिकको समान हैसियत बास्तविक रुपमा प्रदान गर्न सरकार बारम्वार चुकेको छ । कार्यान्वनको अवस्था फितलो हुदाँ अधिकांश अधिकारका प्रावधानहरु संविधानको पाना र सन्धी– सम्झौताका कागजी दस्तावेजमा मात्रै सीमित भएका छन् ।

  • धर्म निरपेक्षतालाई संविधानमा लेख्ने अनि धर्मको आडमा चलेको जातीय दमन र शोषण अन्त्य गर्ने कि नगर्ने ? जातीयता जस्तै अमानवीय व्यवहारलाई जरैबाट उखेल्दै मानवता र सामाजिकताको फूल फुलाउन प्रयास गर्ने कि नगर्ने ?

कलियुगमा जाजरकोटका नवराज विकहरु, कन्चनपुरकी निर्मला पन्तहरु, कीर्तिपुरका सुर्यबहादुर तामाङ्गहरु र सप्तरीका मलर सदाहरु अभिमन्यु बन्न पुग्छन् । जसलाई बिभिन्न किसिमका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक चक्रब्युहमा फसाइन्छ । द्वापरयुगमा अभिमन्युहरुको बलिदान र योगदानको परिणाम स्वरुप महाभारत युद्धको अन्त्यमा सत्यको जित हुन्छ तर कलियुगका अभिमन्युहरु एक पछि अर्कोले बलिदान दिइरहदा पनि सधै हारिरहन्छन । एकै किसिमका घटनाहरु दोहोरिरहन्छन् बलिदान दिने पात्र फेरिरहन्छन् तर हाम्रो चेतनास्तर समय सापेक्ष हुन सक्दैन ।

हरेक नागरिकलाई स–सम्मान बाँच्ने वातावरण बनाउछु भनेर हुँङ्गकार दिदै ठुल–ठुला अक्षरमा घोषणा पत्र र नाराहरुमा लेख्ने राजनीतिक दल, संविधानका पानामा समानता लेख्ने जनप्रतिनिधि र हरेक नागरिकको सुरक्षा गर्छु भनेर सपथ खाएका सरकारी निकायका पदाधिकारी यस्ता बिषयमा मौन रहन चाहन्छन् । यस्ता घटनाहरुमा सत्य तथ्य छानबिन गरेर सरकारले पीडित बर्गको पक्षमा उभिन नसक्नु सरकारको असक्षमता हो । आजको समाजमा घटनापरक चिन्तन, बहस र छलफल, मृतकको शरीर र परिवारको घाउ आलो रहुन्जेल गरिन्छ । समय वित्दै जा“दा बहस र छलफल पातलिदै जान्छन् क्रमशः समयक्रममा बिलय हुन्छ । बिलिन भएको मन्थन फेरि शुरु हुन कोही मरिनु वा मारिनु पर्छ । अनि समाज फेरि त्यहि चक्रमा घुम्छ । फेरि केही समयमा विर्सन्छ घाउ अनि पीडा । समय समयमा यस्ता घटना दोहोरिरहन्छ । समाज र राज्य बेला बेला तातिदैँ सेलाउदैँ गर्छ तर परिणाम भने मानवहितमा देखिदैन ।

यस लेखमा जातीयताको आधारमा नेपालभित्र रहेको डरलाग्दो चक्रव्युहको चर्चा गर्नेछु । सामाजिक सञ्जालदेखि राष्ट्रिय सञ्चार माध्यममा अहिले जातीयता र जातीय उत्पीडनको बिषयमा बहस, छलफल, टिकाटिप्पणी र प्रतिक्रिया भइरहेका छन् । यसै बिषयको सेरोफेरोमा बसेर चर्चा गर्ने प्रयास गरेको छु । नेपाली इतिहासका बिभिन्न कालखण्डमा भएका मधेस आन्दोलन, जनजाति मुतिm आन्दोलन, दलित उत्थान आन्दोलन र लैङ्गीक समानताका लडाइ जस्ता धेरै सामाजिक आन्दोलन भए । विश्व आज विज्ञान प्रविधिको युगमा छ । तर बिडम्बना नै भनांै नेपाली समाज भने परम्परागत चिन्तनबाट बाहिर निस्कन सकेको छैन । अझै हामीमध्ये अधिकांश नेपाली समाजको चरित्र सामन्तवादभन्दा बाहिर निस्कन सकेको छैन । पुरानै जकडिएका सामाजिक मूल्य, मान्यता र रितिरिवाज अनुशरण गर्ने नेपाली समाज सामन्तवादी ढाँचामा चलिरहेको समाज हो ।

जातीयता वारे समाजका तीन चेत
चेत एक– छिमेकी ७४ बार्षीया योगमाया दाहाल (परिवर्तित नाम ) सँग यस विषयमा कुरा गर्दा उहाँले सम्झेर भन्नु भयो “हाम्रो पालामा हामी बाटोमा हिड्दा दलितहरुले बाटो छोड्नु पथ्र्याे” । यो उत्पीडन र दलनको प्रतिनिधि घटना मात्र हो । संवादको क्रममा मैले उहाँलाई अहिले त समय परिवर्तन भयो हजुरआमा छुवाछुत र विभेद गर्न हँुदैन भन्दा उहाँले भन्नुभयो “गर्न मिले पनि नमिले पनि चलिआएको चलन तिमीहरु नमाने नमान तिमीहरुलाई नै पाप लाग्छ म चै मान्दिन यस्ता नियम सियम” भन्दै कड्किनु भयो । हो पहिलो जातीयताको बिषयलाई हेर्ने आखाँ यस्तै छन । मैले उदाहरणको रुपमा लिएको उमेर समुहका धेरै मानिसमा यो चिन्तन रहनु साधारण मान्न सकिएला । तर राम्रै शैक्षिक योग्यता हात पारेका, आफुलाई ज्ञानी र बौद्घिक भन्न रुचाउने समूहमा यो मानसिकता जीवित रहनु डरलाग्दोे कुरा हो ।
चेत दुई– मुखेन्जी रामराम भनेर बगलीमा छुरा वोक्ने वर्ग पनि छन् । यस्ता चेत भएकाहरु पहिलो चेतका भन्दा धेरै घातक हुन्छन् । भन्नलाई म बिभेद र उत्पीडन गर्दिन भन्ने तर व्यवहारमा आफैले परिर्वतन बोक्ने बेलामा गुपचुप रहने । यस समूहभित्र राजनीतिक आस्था अनुसार पार्टीको निर्देशनमा लागेर पक्ष विपक्ष भएर लाग्ने कार्यकताहरु पनि पर्दछन् । साथ हिड्ने तर घात गर्ने प्रबृत्तिका सबै मानिस पर्दछन् ।

चेत तीन – खुलेर मैदानमा कुरिती, बिसङ्गती र अन्धविश्वासविरुद्घ विगुल फुक्ने मान्छेहरु पर्छन् । हाम्रो समाजले बा“धिदिएका बन्धन र चक्रव्युहलाई तोड्ने प्रयास गर्नेहरु पर्दछन् । समस्या देखेर भाग्न भन्दा पनि समाधानको पक्षमा अडिक रहने समूह पर्दछ । यो वर्गमा अधिकांश उत्पीडित, दमित र दलित सुमुदायको साथमा परिर्वतन रुचाउने र परिर्वतनको लागि लड्ने सबै नागरिकहरु पर्छन् ।

जातीयतावारे फरक मत
हामीले सबैभन्दा पहिला बुझ्नै पर्ने कुरा हामी मानव हो । मान्छे भएर जन्म लिए पछि मात्र कसैको छोरा वा छोरी हो । त्यसपछि मात्र हामी कुनै धर्मको ( हिन्दु , मुसलमान, इसाई र बौद्ध ), जातिको ( ब्राम्हण, क्षेत्रि, बैष्य र शुद्र ), क्षेत्रको (हिमाली, पहाडी, मधेशी ) समाजको र राष्ट्रको प्रतिनिधि हो । हामी सर्वप्रथम मानिस हौ र मानवता हाम्रो पहिलो जात हो । धर्म हो । लिङ्ग हो । क्षेत्र हो । राजनीति हो । अर्थ हो । संस्कार हो । मानवता भुलेर हामी कोही ब्राहमण हुन्छौ, कोही दलित हुन्छौ त कोही क्षेत्री या बैश्य हुन्छौ । हामी समाजलाई परिवर्तन र समय सापेक्ष बनाउनु पर्छ भन्ने पक्षमा छु भन्ने नैतिकता राख्दैनांै । यो केवल हिलोलाई गिजोल्नु मात्र हो । पानी सङ्लिन दिन हिलो गिजोल्न बन्द गर्नै पर्छ । समाजलाई परिर्वतन गर्न पनि मानव मानव विचको द्वन्द्वलाई अन्त्य गर्नुको विकल्प छैन ।

दोस्रो कुरा दलित शब्दलाई लिएर भएको विवाद हो । दलित शब्द मात्र बहिष्कृत वर्गलाई सामुहिक प्रतिनिधित्व गर्ने शब्द हो । दलित शब्दलाई प्रयोग नगर्दा उत्पीडन सकिन्छ भन्नु सतही र्तक हो । शब्दको जाल र बहसमा अल्झेर जातीय उत्पीडन र दलनलाई ओझेलमा पार्न कसैले खोज्न हुन्न । यदि यस्तो भुल गरिन्छ भने फेरि कोही नवराज विकहरुले दलितको नाममा नभएर कुनै फरक शब्दको नाममा मरिरहनु पर्छ । समस्या शब्दमा भन्दा पनि दरिद्र मानसिकतामा छ । यो दरिद्र मानसिकता जसले जातीय उत्पीडन र दमनलाई सामान्य रुपमा हेर्छ । चलिआएको चलन हो यस्तालाई निरन्तरता दिनुपर्छ भन्छ । अबको आन्दोलन दलित शब्दमै आत्मसम्मान ल्याउनेतर्फ हुन पर्छ । दलितलाई ससम्मान बा“च्न सक्ने समाज र राष्ट्र निमार्ण गर्न आवश्यक छ ।

तेस्रो पक्ष जसले यस्ता दमन र शोषणलाई समयक्रममा आफै समाजबाट हराएर जाने विश्वास गर्छन् । नयाँ पुस्ताको आगमनसगँै यस्ता विवेद आफै निर्कोल हुन्छ भन्ने दावी गर्ने व्यतिहरुको पनि ठुलै सङ्ख्यामा छन् । समयसगैँ आएको परिर्वतनले केही प्रभाव भने अवश्य पार्छ तर यसको अन्त्यको लागि नयाँ पुस्तासम्म पर्खने कुरा जायज होइन । यी र यस्ता दलनलाई आजबाटै अन्त्य गर्नपर्छ । घरैवाट अन्त्य गरिनु पर्छ । सम्मानपूर्वक बाँच्न पाउने हरेक नेपालीको संवैधानिक अधिकार हो । समयले आफ्नो गतिमा केही तहसम्म काम गरे पनि यसै पुस्ताको हस्तक्षेप र विरोधले सृजना गर्ने दवाबले समाजलाई परिर्वतनको दिशा प्रदान गर्दछ । हामी २१ औं शताब्दीमा सामन्तवादी सामाजिक व्यवस्थाको निरन्तरता दिइरहेको छौं । यस्ता विभेदको जतिसक्दो चाँडो अन्त्य गरेर समतामुलक नेपाली समाजको निमार्ण गर्ने जिम्मेवारी हाम्रै पुस्ताले वहन गर्नपर्छ ।

नेपालीलाई नयाँ नेपाल बनाउने सपना देखाउने कम्युनिष्ट पार्टीसँग सत्ताको बागडोर छ । के उहाँहरुको सपनाको नयाँ नेपालमा जातीय आधारमा हुने भेदभाव पनि अन्त्य हुन्छ ? धर्म निरपेक्षतालाई संविधानमा लेख्ने अनि धर्मको आडमा चलेको जातीय दमन र शोषण अन्त्य गर्ने कि नगर्ने ? जातीयता जस्तै अमानवीय व्यवहारलाई जरैबाट उखेल्दै मानवता र सामाजिकताको फूल फुलाउन प्रयास गर्ने कि नगर्ने ?
अर्को एउटा प्रश्न खडा हुन्छ । हाम्रो शिक्षा प्रणालीले यी र यस्ता बिषयमा बिद्यार्थीहरुलाई के सिकाई रहेको छ । समाजलाई हेर्ने दृष्टिकोण निमार्ण गर्न शिक्षा सफल भएको छ या छैन ? सामाजिक बन्धन र गाँठोहरुलाई फुकाउन प्रयास गर्दैै छ त ?

सरकारले हरेक बर्ष बाषर््िाक बजेटको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको छ । तर जातीय उत्पीडन, लैङ्गीक विभेद र हिंसा, सामाजिक द्वन्द, मानवताको खोजी, दरिद्र मानसिकताको अन्त्य, नैतिकवान मानव र समतामुलक समाजको निमार्णमा कति खर्च भए ? त्यसको पनि लेखाजोखा गर्न अब जरुरत छ । जातीयताको बिषयमा बहस गर्दा धेरैले “तर किन्तु परन्तु ” भनेर बाहानाबाजी गरेर भागेर समस्याको समाधान हुन्न । आज हामीले यस्ता बिषयमा एकजुट भएर आ–आफ्नो घर परिवार र समाजमा छलफल र बहस गर्न थाल्नुपर्छ । जातीयताप्रतिको संकीणर््ा चिन्तनलाई फराकिलो बनाउन आवश्यक छ । अहिले नै यस्ता सामाजिक समस्याबाट हाम्रो समाजलाई बाहिर ल्याउन प्रयत्न नथाल्ने हो भने इतिहासले हामीलाई अनैतिक मानव भनेर चित्रण गर्ने छ ।

नेपालको मुहार फेर्दै नयाँ नेपालको निमाण गर्ने सपनालाई साकार पार्न पनि जातीयता जस्ता सामाजिक र मानसिक समस्यालाई राष्ट्रबाटै जरैसँग उखेलेर इतिहासमा सीमित गर्नपर्छ । यो परिर्वतनको भार हाम्रै पुस्ताका युवाहरुले बोक्न पर्छ । सामाजिक बिकृतिरहित समाज अव पुस्तान्तरणको खा“चो छ । जसका लागि युवा पुस्ताले एकजुट भएर अन्याय, अत्याचार, दमन, उत्पीडन र भेदभाव बिरुद्व वेलैमा विगुल फुक्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: