जातीय विभेद गरेको आरोपमा  बेद विद्याश्रमका अध्यक्ष पक्राउ

  प्रकाशित मिति
१५ जेष्ठ २०७५, मंगलवार १३:०२


झापा । श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

भद्रपुर–६ स्थित वेद विद्याश्रमले बरबोटे–५ इलामका दलित बालक विकास कार्की ढोलीलाई आवासीय भर्ना नलिएर जातीय छुवाछुत गरेको अभियोगमा प्रहरीले भद्रपुरस्थित उनकै निवासबाट अध्यक्ष चापागाईलाई पक्राउ गरेको हो ।
गुरुकुलमा दलित विद्यार्थी भर्ना नलिएको भन्दै आन्दोलनरत नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी सङ्गठनले जातीय विभेद गर्नेहरुमाथि कानूनी कार्वाही माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएको थियो ।

सोही निवेदनका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
प्रवक्ता बस्नेतले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर सजाय ऐन २०६८ अनुसार दोषीलाई १ महिनादेखि ३ बर्षसम्मको कैद सजाय वा १ हजारदेखि २५ हजाररुपैयाँ सम्म जरिवाना हुने सक्ने कानुनी प्रावधान रहेको बताए ।
उनले अध्यक्ष चापागाईलाई ती दुई सजाय मध्ये कुनै एक वा दुवै हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: