जिल्लाको गस्तीले हेल्दुबारीमा एक लाखको पटाका समात्यो

  प्रकाशित मिति
१५ कार्तिक २०७७, शनिबार ११:०५


काँकरभिट्टा, १५ कार्तिक । प्रहरीले मेचीनगर नगरपालिका वडा नं. १५ को हेल्दुबारीमा एक लाख रुपैयाँको पटाका र सुकुमेल समातेको छ ।

भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो साँझ साढे ७ बजेतिर ती सामान समातेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

समातिएका सामानमा खोर्सानी, जगमग र चकलेट ब्रान्डका पटाका र केही मात्रामा सुकुमेल र पापड छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: