जिल्लाभर धान दिवसमा रोपाई

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार १९:५३


dhan ropadai usha gurung at santinagar 1 east

झापा । ‘व्यवसायिक धान खेतीको आधार–सामुदायिक नर्सरीको विस्तार’ भन्ने मूल नाराका साथ १३औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बुधवार जिल्लाभर धुमधाम मनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय, राजनीतिक दल, सहकारी, कृषिसँग आवद्ध सङ्घ संस्था, विद्यालयलगायतले धान दिवस उल्लासपूर्वक मनाएका छन् । उनीहरूले बेठी सहित बाजागाजा बजाएर सामुहिक धान रोपाई गरे भने खाजाका रुपमा दहि चियुरा खाएर असार १५ लाई मनाएका हुन् ।

यसै अवसरमा जिल्ला कृषि विकास कार्यालय झापा र जामुखाडी कृषि सहकारीले सयँक्त रुपमा सुरुङ्गामा धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । पञ्चेवाजासहित बेठी लगाएर रोपाई गरिएको हो ।

कनकाई नगरपालिकास्थित umlजामुनखाडीमा कुमार खरेलको जग्गामा आधुनिक मेशिनबाट धान रोपेर रोपाईको उद्घाटन गरिएको थियो । महोत्सवमा पुरुष र महिलाको हिले दौडप्रतियोगिता गरिएको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले सरकारले दुई वर्षभित्रमा कृषिमा आत्मनिर्भर बनाउने अभियान स्वागतयोग्य भएको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि सांसद प्रेमबहादुर गिरीले नेपालको संमृद्धि कृषिको विकास एक मात्र विकल्प भएको बताए । बढ्दो बेरोजगार र वैदेशिक रोजगार नियन्त्रण अत्याधुनिक कृषि प्रविधिबाट मात्र हल हुने उनको भनाइ थियो । उनले विकासको नाममा सडक बत्ती, कालोपत्रे , भवन निर्माणलगायतका भौतिक पूर्वाधारका मात्र प्रस्ताव नल्याउन आग्रह गरे ।

कार्यक्रममा दौड प्रतियोगितामा पुरुषतर्फ प्रथम सरोज रिजाल, द्वीतीय विक्रम भित्रीकोटी, र मनु भूजेल, महिलातर्फ प्रथम रेश्मा विक, दोस्रो शर्मिला लिम्बू र तेस्रो नविता गिरीलाई पुरस्कृत गरिएको थियो ।
स्थानीय विकास अधिकारी खेम ओझाको सभापतित्वमा सम्पन्न कार्यव्रmममा बरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिना, जामुनखाडी सामूदायिक वनका अध्यक्ष पर्शुराम गिरी, जामुनखाडी कृषि सहकारी संस्थाका दिपक गिरी, कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खगेन्द्र गिरीलगायते मन्तव्य राखेका थिए । महोत्सव सह आयोजकमा सुरुङ्गा जेसीज, एक्सेल डेभलपमेन्ट बैंक, साहरा नेपाल, जामुनखाडी सामूदायिक वन, कनकाई नगरपालिकाकोलगायतको सहभागिता जनाएका थिए ।

यसैगरी नेपाली काँग्रेस मेचीनगर ७ वडा समितिले सृजनाचोकमा धान दिवसको अवसरमा रोपाई गरेको छ । डिगबहादुर विष्टको जग्गामा धान रोपाई गरिएको हो । रोपाईमा सभासद उषा गुरुङ, महासमिति सदस्य राम कटेल, जिल्ला सचिव प्रेम सम्बाहाम्फे, जिल्ला सदस्य पुष्प पौडेल, महासमिति सदस्य राम कट्ल, शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, होटल व्यवसायी सङ्घका क्षेत्रीय अध्यक्ष ललित तामाङ, राधा कार्की, दुर्गा सापकोटा, शान्ति चौधरी, कुलदिप गिरी, विष्णु गिरी, जगत गिरी, दिपक काफ्ले, टिकाराम धमला, इन्द्र कडरिया, सुर्य अधिकारीलगायतको सहभागिता रहेको थियो । कार्यव्रmम वडा सभापति गिरीराज धमला र सचिव नरबहादुर मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी, अखिल नेपाल किसान महासङघ मेचीनगरको आयोजना तथा नकपा एमाले मेचीनगरको संयोजनामा जोरसिमलमा धान रोपाई गरिएको छ । सभासद रविन कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न महोत्सवमा जिल्ला सदस्य गोपालचन्द्र बुढाथोकी, लालबहादुर थामी, मीना उप्रेती, सविता दाहाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, जिल्ला सदस्य नरायाण खनाल, क्षेत्रीय अध्यक्ष रविनसन थापा, उपाध्यक्ष दिपक घिमिरे, पार्टीका क्षेत्रीय अध्यक्ष अर्जुन पौडेल, नगर अध्यक्ष राजु पोखरेल, उपाध्यक्ष विकेन्द्र धिमाल, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, अनेम सङ्घकी जिल्ला उपाध्यक्ष शुभद्रा अर्याल, नेकपा एमाले जिल्ला सदस्य रेनुका डाँगी, प्रल्हाद ओली, राम तामाङ, बालकृष्ण थापा, सञ्जय मेचे, विपी भट्टराईलगायतको सहभागिता रहेको थियो । उनीहरूले रोपाईसँगसँगै नाचगान गरेर रमाइलो समेत गरेका थिए ।

यसैगरी, नेपाली काङ्ग्रेस बाहुनडाँगीले राइसिङ डाँडामा रोपाई महोत्सवको आयोजना गरेको छ ।
भीमप्रसाद कडंरियाको १ विगाहा १७ कठ्ठा खेतमा धान रोपाई कार्यक्रम आयोजना गरिएको हो ।
काङ्ग्रेस गाउँ सभापति नविन बरालको सभापतित्व तथा सभासद उषा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न रोपाइ महोत्सवमा पञ्चेवाजाको असारे भाकामा नाचगान गरेका थिए । सोही अवसरमा अग्रज कृषक दिलबहादुर रसाईली, डिल्लिराम कडरिया, बमबहादुर लुइँटेल र दलबहादुर घिमिरेलाई सम्मान गरिएको थियो । रोपाई महोत्सवमा पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फे, जिल्ला सदस्य चन्दन मेचे, महासमिति सदस्य राम कट्टेल, क्षेत्रीय सचिव खड्गबहादुर धिमाल, पूर्व गाउं सभापति ढुण्डीराज पौडेल, भूपु राई, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बाहुण्डाँगीका प्रमुख सम्शेरबहादुर कार्की, बाहुनडाँगी प्रहरी चौकीका इञ्चार्ज टठबहादुर निरौला, तरुण दल गाउं सभापति कृष्ण सुवेदीलगायतले धान रोपेका थिए ।
उपसभापति हरि उप्रेतीले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव सन्तोष न्यौपानेले गरेका थिए ।
यसैगरी, नेपाली काग्रेस शान्तिनगरले पनि धान दिवस उल्लासपूर्वक मनाएको छ । पार्टीले शान्तिनगर–१ का कृषक रुद्रबहादुर (आले) मगरको एक विगाहा खेतमा रोपाई गरिएको हो । नेपाली काग्रेस शान्तिनगर गाउँ सभापति चक्र शेर्माको सभापतित्व तथा सांसद उषा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त रोपाई कार्यक्रममा सांसद उषा गुरुङले स्थानिय महिलासंगै रहेर धान रोपाईमा सहभागि भएकी थिइन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस झापा सचिव प्रेम सम्बाहाम्फे, महाधिवेशन प्रतिनिधि भरत सुब्बा, क्षेत्रीय सभापति मणिकुमार उप्रेतीलगायतले धान दिवशको औचित्य बारे बोलेका थिए ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सदस्य नारायण बस्नेत, महिला नेतृ राधा कार्की, महिला संजाल शान्तिनगरकी अध्यक्ष चन्द्रकला भट्राई, किसान संघ शान्तिनगरका अध्यक्ष दिलनाथ काफ्ले, नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य भुपेन्द्र थेबेलगायतको उपस्थिती थियो । पूर्व गाउँ सभापति शेरबहादुर रायले स्वागत गरेको कार्यव्रmमको सञ्चालन गाउँ सचिव धनाश्याम घिमिरेले गरेका थिए ।

यसैगरी मानव धर्म सेवा समिति धुलाबारीले पनि आफ्नो जग्गामा सामुहिक धान रोपाईको आयोजना गरेको छ । उक्त रोपाई महोत्सवमा मानव धर्मका अनुयायी तथा इष्ट होराइजनका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसैगरी, अखिल नेपाल किसान महासङ्घ जिल्ला समिति र नेकपा एमाले कन्काइको संयोजनमा दुर्गापुरमा बेठी लगाएर रोपाई महोत्सवको आयोजना गरिएको थियो । सांसद प्रमेम गिरीको प्रमुख आतिथ्यता तथा महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण पाठको सभापतित्वमा सम्पन्न कार्यव्रmममा सांसद तथा पार्टीका पोलिटव्युरो सदस्य नरेश खरेल, सांसद रविन कोइराला, एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक, स्थानीय विकास अधिकारी खेम ओझा, किसान महासङ्घका केनद्रीय सदस्य बेनु सिवाकोटी, देवी बराल, अमृता राईलगायतले बोलेका थिए ।

कार्यव्रmमको सञ्चालन पुण्य सुवेदीले गरेका थिए । यसैगरी बाल सुवोधिनी निमावि दुवागढीले समेत विद्यार्थीहरूलाई सामुहिक धान रोपाईमा सहभागि गराएको छ । विद्यालयमा रहेको बाल क्लबको आयोजनामा विद्यार्थीहरूलाई रोपाइमा सहभागिता गराएको प्रधानाध्यापक विश्व थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: