मेचीनगर । महिला तथा बालबालिका कार्यालयको आयोजनामा १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं, मानव बेखविखन बन्द गरौं, महिला अधिकार जिन्दावादलगायतका नारासहित धुलाबारीमा बृहत र्यालीको भएको थियो ।
धुलाबारी चोकबाट सयौं महिलाको उपस्थितिमा निकालिएको र्याली मेची उद्योग कार्यालयको सभाहलमा गएर कार्यव्रmममा परिणत भएको थियो ।
एक दर्जन बढी सहयोगी संस्थासहित आयोजना गरिएको कार्यक्रममा कार्यालयकी प्रमुख इन्दिरा ओझाले संविधानमा रहेका महिलाका हक अधिकार र राष्ट्रिय तथा जिल्लामा शिक्षा, स्वास्थ्य तथा राजनीति र निजामति क्षेत्रमा महिलाको पहुँचलाई समेटर तयार गरिएको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
सांसद रविन कोइरालाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यव्रmममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, मेचीनगर नगरपालिकाकी सामुदायिक अधिकृत इन्दिरा खरेल, जिल्ला मुश्लिम समाजका अध्यक्ष अमिनअली शेख, आदिवासी जनजाति महिला मञ्चकी पूर्वाञ्चल संयोजक गंगा मास्के, मानवअधिकारका लागि महिला एकल महिला समूहकी जिल्ला अध्यक्ष रेखा अधिकारी, नेपाल महिला सङ्घकी क्षेत्रीय अध्यक्ष रचना घिमिरे, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यालयकी प्रमुख ओझाको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष माया गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यव्रmमको सञ्चालन महिला नेतृ जसमाया जगमेरले गरेकी थिइन् ।
सोही कार्यव्रmममा मखमली महिला विकास संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५ जना व्यक्तिलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा भूपी क्याप्टेन गोपीलाल लिम्बू, दुर्गादेवी भट्टराई, उमादेवी अधिकारी, एलिशा राई, स्वीकृत शर्मालाई सम्मान गरेको थियो ।
संस्थाकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि कोइराला र विशेष अतिथि प्रजिअ भूजेलले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्र र खादाले सम्मान गरेका थिए ।
त्यसैगरी, मेचीनगर लेडी जेसीजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ५ जना मजदूर महिलालाई सम्मान गरेको छ ।
त्यसैगरी, मारवाडी महिला मञ्चले सो अवसरमा संविधानमा उल्लेखित महिलाको हक अधिकारको बारेमा अन्तरव्रिmया कार्यव्रmम गरेको छ ।
विर्तामोडस्थित मारवाडी सेवा समितिको समाहमाल आयोजित अन्तरव्रिmया कार्यव्रmमको सहजीकरण अधिवक्ता कमला आचार्य र मानव अधिकारका लागि एकल महिला समूहकी जिल्ला अध्यक्ष रेखा अधिकारीले गरेका थिए ।
मञ्चकी अध्यक्ष दीपा खेडियाको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा राष्ट्रिय मारवाडी महिला मञ्चकी केन्द्रीय उपाध्यक्ष निर्मला जोशीले मारवाडी महिलाहरुको अवस्थाको बारेमा जानकारी गराएका थिइन् ।
संस्थाकी सदस्य सुमित्रा पारिकले स्वागत गरेको कार्यव्रmमको सञ्चालन प्रियंका शर्मा र चादनी अग्रवालले गरेका थिए ।
त्यसैगरी, मारवाडी महिला मञ्च भद्रपुरले नारी माथिको दमन, शोषण र महिला हिसा विरुद्ध सधै आवाज उठाआंै भन्ने मुल नाराका र्याली गरेको छ ।
मोहपाल धर्मशाला अगाडिबाट सुरु भएको र्याली भद्रपुर बजार परिव्रmमपछि रानी सतीदेवी मन्दिर प्राङणमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यव्रmममा अधिवक्ता चन्द्रा श्रेष्ठाको प्रमुख आतिथ्यता रहेको थियो । मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना मित्तलको सभापतित्वमा भएको कार्यव्रmममा राष्ट्रिय मारवाडी महिला मञ्चकी केन्द्रिय उपाध्यक्ष निर्मला जोशी, राप्रपा नेपाल महिला सङगठन झापा अध्यक्ष राधा कार्की, सत्यसाई केन्द्र भद्रपुरकी अम्बिका श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च झापा अध्यक्ष मञ्जु पोखरेल, पत्रकार माया पकुवाल लगायतले बोलेका थिए । कार्यव्रmमको सञ्चालन मञ्चकी सचिव निलम गोयलले गरेकी थिइन् ।
त्यसैगरी, महिला सञ्जाल छाता सङ्गठनको आयोजनामा दुहागढीमा वडा स्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा वडा नं. ८ प्रथम, ४ दोस्रो, ७ तेस्रो र ९ सान्त्वना भएका थिए । कार्यव्रmममा प्रमुख अतिथि उपभोक्ता हित संरक्षण मञ्च झापाकी अध्यक्ष मञ्जु पोखरेलले ९१ वर्षीया बृद्धा राधादेवी प्रसाईं स्थानीय खिनमाया ढकाल, कमला राई र मनमाया लिम्बुलाई दोसल्ला र कदरपत्रबाट सम्मान गरेकी थिइन् ।
दुहागढी गाविस सचिव कविन्द्र विव्रmम नेम्वाङको विशेष आतिथ्यमा सम्पन्न कार्यव्रmममा झापा उद्योग बाणिज्य सङ्घ शाखा चारआलीका अध्यक्ष शरद शिवाकोटी, आदिबासी जनजाति महासङ्घ दुहागढीका पर्शुराम राजवंशी, राजनीतिक दलका प्रतिनिधी राम प्याकुरेल, रेडव्रmसकर्मीहरु विश्व थापा, गोपीराज मैनालीलगायतले मन्तव्य राखेका थिए ।
सञ्जालकी वरिष्ठ सदस्य दुर्गादेवी महतको सभापतित्वमा सम्पन्न कार्यव्रmममा स्वागत पुष्पा लिम्बु र सञ्चालन कृष्णकुमारी सुवेदीले गरेकी थिइन् ।
त्यसैगरी पारिजात महिला सीप विकास केन्द्रले पनि विविध कार्यव्रmम गरी नारी दिवस मनाएको छ ।
केन्द्रकी अध्यक्ष टीका सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा धाइजन गाविस सचिव सुदर्शन बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यव्रmममा लक्ष्मी प्रसाई, रुद्र डाँगी, राजन शिवाकाटी, युवराज प्रसाई, शिवकुमार चौहान, मालती विष्ट, यशोदा डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यव्रmमको सञ्चालन लिला सुब्बाले गरेकी थिइन् ।